भर्खरै

अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

  • प्रकाशित मिति : आइत, असार २४, २०८०
  • - विद्युत संसार
title

जनकपुरधाम २४ असार । धनुषामा खेतमा सिँचाइ गर्न जाने क्रममा अरुले बिछ्याएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
 
आइतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट सिँचाइ गर्न जाँदै गर्दा करेन्ट लाग्दा धनुषाको कमला नगरपालिका २ का ५५ वर्षीय सूर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ ।
 
स्थानीय सत्यनारायण यादवले राति आफ्नै बोरिङगबाट खेतमा सिँचाइ गरी तार त्यतिकै छाडेर घर गएकाले सोही नांगो तार भएको ठाउँमा छोएर करेन्ट लागेको हो ।
 
शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको र अनुसन्धानका लागि फरार सत्यनारायण यादवको खोजी जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया