भर्खरै

विद्युत व्यवसायी संघ दाङको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पोख्रेल निर्वाचित

  • प्रकाशित मिति : सोम, असार २५, २०८०
  • - विद्युत संसार संवाददाता
title
दाङ, २५ असार । विद्युत व्यवसायी संघ दाङको तेस्रो साधारणसभा एवं दोश्रो अधिवेशन सम्पन्न भएको छ । गतहप्ता सम्पन्न अधिवेशनबाट बर्तमान अध्यक्ष डुल्लु राम पोख्रेल  पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । 
 
पोख्रेलको नेतृत्व एघार सदस्यीय कार्य समिति गठन गरेको छ जसमा वरिष्ठ उपाध्यक्षमा चन्दन वली, उपाध्यक्षमा माधव भुसाल, महासचिवमा सन्तोष कुमार खड्का, सचिबमा लक्ष्मण पौडेल, कोषाध्यक्षमा हिमाल शर्मा, सह–कोषाध्यक्षमा हुमु कुमारी डिसि र सदस्यहरुमा प्रितम पाण्डेय, शिवराज भण्डारी, श्रीधर नेउपाने, साबित्रा ढकाल रहनु भएको छ । ।
 
साधारणसभा एवं अधिवेशनमा प्रमुख अतिथि नेपाल विद्युतिय महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाको उपस्थिति हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष देवकोटाले महासंघले बनाउदै गरेको काठमाडौको बहुउद्देश्यीय भवन तयार हुना साथ जिल्ला र नगरमा समेत जग्गा र भवन निर्माणका लागि महासंघ लागि पर्ने बताउनु भयो ।
 
तेस्रो साधारणसभा एवं दोश्रो अधिबेशन कार्यक्रम समापन गर्दै निर्वाचित अध्यक्ष डुल्लु राम पोख्रेलले गएको कार्यकालमा दाङ विद्युत व्यावसायी संघका लागि आवश्यक जग्गाको पहल गर्ने र भवन निर्माण कार्य अघि बडाउने प्रतिबद्धता समेत जाहेर गरे । 
 
उक्त कार्यक्रममा नेपाल विद्युतिय महासंघका कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डे, लुम्बिनी प्रदेश सम्योजक लोकनाथ पोख्रेल, बामदेब बिस्ट, शिवराज रिजाल, सुजन अधिकारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago