भर्खरै

लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर पदमा बालकृष्ण बुर्लाकोटी विजयी

  • प्रकाशित मिति : बुध, असार २७, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ २७ असार । परोपकारी संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनुभएको छ । अमेरिकाको बोस्टनमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनबाट उहाँ उक्त पदमा निर्वाचित हुनुभएको हो । 
 
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो ।
 
भर्चुअल माध्यमबाट भएको निर्वाचनमा बुर्लाकोटीले खगेन्द्र सिटौलालाई हराउनु भएको थियो । बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक तीन सय २५ नेपालका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । 
 
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेर बुर्लाकोटीले आफ्नो  कार्यकालमा सय वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो । साथै उहाँले २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिब्युसन गराउनसमेत सफल हुनुभएको थियो ।
विश्वका दुई सयभन्दा बढी देशमा लायन्स सक्रिय छ । बुर्लाकोटी लायन्सको विश्वभरका १८ जना इन्टरनेशनल डाइरेक्टरमध्येको एक हुनुहुन्छ । इन्टरननेशनल डाइरेक्टरको रूपमा उहाँले २०२५ सम्म कार्य गर्नुहुनेछ । 
 
लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने बुर्लाकोटीले प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरू ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago