भर्खरै

व्यवसायीलाई परेका समस्याहरू सम्बोधन गरिदिन भन्सार विभागलाई महासङ्घको आग्रह

  • प्रकाशित मिति : बुध, असार २७, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २७ असार । विद्युतीय सामाग्रीहरूको भन्सार दरका कारण व्यवसायीहरुमा परेको समस्या समाधान गर्न नेपाल विद्युतीय व्यवसायी महासङ्घले भन्सार विभाग समक्ष आग्रह गरेको छ । 
 
बुधबार महासंघ अध्यक्ष रेशम प्रसाद देवकोटाको नेतृत्वको टोलीले भन्सार विभागका महानिर्देशक श्री शोभाकान्त पौडेलसँग भेट गर्दै व्यवसायीको समस्या प्रति गम्भिर भएर समाधान गर्न आग्रह गरेको हो । 
 
महानिर्देशक  पौडेलसँगको भेटघाटका क्रममा व्यवसायीहरूले विद्युतीय सामाग्रीहरूको भन्सार दर एवं विद्युतीय सामाग्रीको प्याकिङमा लेबल लगाउने लगायतका कारण व्यवसायीलाई परेका समस्याहरू सम्बोधन गरिदिन सुझाव प्रस्तुत गरिएको महासङ्घले जनाएको छ । 
 
महासङ्घले सरकारको भन्सारदर अव्यावहारिक रहेको भन्दै समय सापेक्ष परिमार्जन आग्रह गर्दै आएको छ । एलसी खोलेर भन्सारमा सामग्री आइसकेपछि भन्सार पुस्तिका भन्दा फरक भन्दै गर्दा व्यवसायीमा विभिन्न खालका समस्या देखापर्ने गरेको महासङ्घका अध्यक्ष देवकोटाले बताउनु भयो ।
 
नेपाल सरकारले भन्सार दर पुस्तिका परिवर्तन गर्ने समयमा महासङ्घको पनि सहभागिता हुनेगरि पनि सो समयमा राखिएका हाम्रा विषयहरू पुस्तिकामा नसमेटिने प्रवृत्ति रहेको महासङ्घको आरोप छ ।
 
उक्त भेटवार्तामा महासङ्घका तर्फबाट महासङ्घका पुर्व अध्यक्ष महेन्द्र कुमार राठी, निर्वतमान अध्यक्ष सुर्दशन प्रसाद पौड्याल,  महासचिव गोपाल अग्रवाल, कार्यसमिति सदस्य एवं वाग्मती प्रदेश संयोजक सरोज कुमार रेग्मी, कार्यसमिति सदस्य बालकृष्ण अग्रवाल तथा काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष दिवेश कुमार जैन र सचिव श्रीलाल श्रेष्ठ सहभागि हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago