भर्खरै

मेची राजमार्ग अवरुद्ध बनेपछि ताप्लेजुङमा ग्यास र पेट्रोलिय पदार्थको अभाव

  • प्रकाशित मिति : शुक्र, असार २९, २०८०
  • - विद्युत संसार
title
फुङ्लिङ, २९ असार । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । 
 
बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो । 
 
यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो । 
 
हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार तथा भाडावाल प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।
 
ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ । चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ । सबैतिर दाउरा बाल्ने ठाउँ पनि नहुने हुँदा भाडावाल नै बढी प्रभावित बनेका हुन् । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताउनुभयो ।
 
ग्यासको अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्नो सेवा प्रवाह नै बन्द गरेका छन् । होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवा खोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइन ९घिर्नी०मार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएका बताइएको छ ।   
 
मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवा खोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा चार सय ७० जति ग्यास सिलिन्डर भित्रिए पनि त्यो अपर्याप्त भएको छ । ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उहाँले बताउनुभयो ।
 
उहाँले खाद्यान्न लगायतका सामग्रीका लागि भने सामान्य अवस्था रहेको बताउनुभयो । डाइभर्सनमार्फत नै बीचमा केही खाद्यान्न सामग्री आयात गर्न सम्भव भएपछि ग्यासजस्तो चरम अभावको स्थिति नरहेको उहाँको भनाइ छ । हाल हेवा खोलाको निर्माणाधीन अवस्थामा रहेको बेबिब्रिजको काम सम्पन्न भएर राजमार्ग खुल्ने बित्तिकै ग्यासलगायत सबै वस्तु आपूर्ति हुने र अभावको अन्त्य हुने थापाले बताउनुभयो ।
 
हेवा खोलाको मोटरेबल पुल र सोही खोलामा रहेको तमोर करिडोरको पुल बाढीले बगाएपछि पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकासहित सिङ्गो ताप्लेजुङ जिल्ला प्रभावित बनेको हो । मेची राजमार्ग खुलाउन सुरु गरिएको बेलिब्रिजको काम झन्डै महिना दिन बित्न लाग्दासमेत सम्पन्न नहुँदा यातायात सुविधाका कारण सङ्कटपूर्ण स्थिति सिर्जना भएको बताइएको छ । 
 
हेवा खोलामा ह्युम पाइप लगाएर डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि पानीको बहाव र बाढीको क्रम नरोकिएपछि सडक खुलाएको केही घण्टामै अवरुद्ध हुने गरेको छ । ग्यास, खाद्यान्नलगायत आवश्यक उपभोग्य वस्तु झापाको बिर्तामोड हुँदै आपूर्ति गर्ने गरिन्छ । त्यस्तै राजमार्ग अवरुद्धका कारण यहाँबाट निर्यातजन्य वस्तु पनि निर्यात भएका छैनन् । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा यातायात सञ्चालन गर्नसमेत समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago