भर्खरै

आगामी भदौमा ईभी नेपाल एक्स्पो हुदै

  • प्रकाशित मिति : बुध, साउन ३, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ३ साउन । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आगामी भदौ १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुने भएको छ ।
 
इलेक्ट्रिक भेहिकल म्यानुफ्‌याक्चर्स एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा भदौ १५ देखि १७ गतेसम्म एक्स्पो हुन लागेको बताइएको छ ।
 
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकले जनाएको छ  । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेसन लगायत बैंक तथा इन्स्युरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएको छ ।
 
यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्तालगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकको भनाइ छ ।
 
पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादित विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ । विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउन एक्स्पोको महत्व रहेको आयोजकले जनाएको छ ।
 
ग्राहकहरूको रोजाइ विद्युतीय सवारी नै हुने गरेको र आर्थिक मन्दीको अवस्थामा पनि विद्युतीय सवारीहरू राम्रो सँग बिक्री भै रहेको EVMIAN का अध्यक्ष तथा यस एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटाले बताउनु भयो ।
 
EVMIAN  विद्युतीय सवारी साधन सम्बन्धी काम गर्ने आयातकर्ता, निर्माणकर्ता, व्यवसायी, डिलर, चार्जिङ स्टेसन सञ्चालक सबैको साझा संस्था रहेको र विगत ११ वर्ष देखी विद्युतीय सवारीको प्रवर्द्धन, विस्तार तथा निती निर्माणको  काममा सहयोग गर्दै आएको इतिहास बोकेको सस्था हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago