भर्खरै

विद्युत् तारका कारण दुर्घटनाको जोखिम

  • प्रकाशित मिति : बिही, साउन ४, २०८०
  • - विद्युत संसार
title
बेदकोट, ३ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार आसपास क्षेत्रमा विद्युतको तार असरल्ल छोड्दा दुर्घटनाको जोखिम बढेको छ । दिनहुँ भिडभाड भइरहने क्षेत्रमा ‘टान्सफर्मरसँगै जोडिएको विद्युत् प्रवाह हुने फ्युज बाकस खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।
 
“तीव्र भोल्टेजको विद्युत प्रवाह हुने टान्सफर्मरसँगै राखिने फ्युज बाकस खुला छन्”, भीमदत्त नगरपालिका–४ भगतपुरकी स्थानीय अम्बिका भट्टले भन्नुभयो, “विद्युत् प्रवाह हुने तार नाङ्गो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।”
 
ट्रान्सफर्मर नजिकै उहाँको घरमा छ । बेला बेलामा ट्रान्सफर्मरमा आगो लाग्ने गरेको र फ्युज खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।“केही वर्षअघि खुला छोडिएको फ्युजमा करेन्ट लागेर गाई मेरेको थियो”, उहाँले भन्नुभयो, “नजिकै विद्यालय छ, स–साना विद्यार्थी यही बाटोबाट विद्यालय जान्छन्, जतिबेला पनि करेन्ट लाग्ने सम्भावना छ ।”
 
वर्षौदेखि विद्युत् प्राधिकरणलाई फ्युज बाकस बन्द गर्न आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको भट्टको गुनासो छ । विद्युत् प्राधिकरणको लापरबाहीले दुर्घटनाको जोखिम बढेको केशव चन्दले बताउनुभयो ।“बालबालिकाले पुग्ने गरी नजिकै फ्युज छ, बालबालिका खेल्दा वा यताउता हिँडडुल गर्दा छोइएमा करेन्ट लाग्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “भोलि केही घटना भइहाल्यो भने यसको जिम्मा कस्ले लिने रु” 
 
महेन्द्रनगर बजारका साथै आसपासका क्षेत्रका अधिकांस काठका फ्युज बाकस अव्यवस्थित तरिकाले खुला छोड्ने गरिएको हीरालाल धामीले गुनासो गर्नुभयो । “दुर्घटना हुनुअघि नै सचेत हुनु जरुरी छ, विद्युत् प्राधिकरणले तत्काल नै यसलाई व्यवस्थित गर्नुपर्छ”, उहाँले भन्नुभयो । 
 
 
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रसँग दुर्घटनाको जोखिम बढेकोले ‘फ्युज’ बाकस बन्द गरेर विद्युतिकरणलाई व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । फ्युज राखिएका परम्परागत काठका बाकस हटाएर नयाँ बाकस लगाउने कार्य भइरहेको विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका प्रमुख चुटुनप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।“वर्षौ भएकाले फ्युजका बाकस जीर्ण भएका छन्, ती बाकस हामी फेरिरहेका छौँ”, उहाँले भन्नुभयो, “एमसिबी लगाउनुपर्ने तर त्यसको लागि ठूलो बजेट लाग्ने भएकाले बजेट अभाव छ ।” उहाँका अनुसार महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत रहेका पाँच सय ट्रान्सफर्मरमध्ये दुई सय ५० ट्रान्सफर्मरको फ्युज बाकस फेर्न काम सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago