भर्खरै

४० मेगावाट अपर चमेलियाको परीक्षण सुरु

  • प्रकाशित मिति : आइत, साउन ७, २०८०
  • - विद्युत संसार
title

खलङ्गा, ६ साउन । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ । 
 
कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ किलोमिटर तल मार्मा गाउँपालिका–२, घट्टीगाडमा रहेको विद्युतगृहमा पानी खसालेर शुक्रबार परीक्षण सुरु गरिएको हो । 
 
उहाँले भन्नुभयो, “आयोजनाको छ हजार एक सय मिटर लामो पेन्सटक पाइप लाइन, तीनवटै टरबाइन, जेनरेटर र अन्य उपकरणको परीक्षण सफल भएको छ । शुक्रबार विद्युतगृहमा पानी खसालेर मेसिनको परीक्षण सुरु गरिएको हो ।”
 
शनिबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि अबको करिब दुई सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार (भोलि) आयोजनाको उद्घाटन हुने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो । निर्माण कम्पनीका अनुसार रु आठ अर्ब लागतमा ३० महिनामै निर्माणकार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया