भर्खरै

मौद्रिक नीति आज सार्वजनिक गरिँदै

  • प्रकाशित मिति : आइत, साउन ७, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।
 
मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
 
आज विहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आवको मौद्रिक नीति पारित गरेको थियो । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप बिस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

प्रतिक्रिया