भर्खरै

विद्युत ट्रिपिङ्ग : मारमा उपभोक्ता

  • प्रकाशित मिति : आइत, साउन १४, २०८०
  • - विद्युत संसार
title
पछिल्लो समय काठमाडौं उपत्यका लगायतका क्षेत्रमा विद्युत ट्रिपिङ्ग (पटक–पटक विद्युत् जाने समस्या) का कारण उपभोक्ता मारमा परेका छन् । सूचना बिना  झ्याप झ्याप विद्युत जाने समस्याले हैरान उपत्यकावासीहरु आजभोलि  प्राधिकरण प्रति गुनासो गर्न थालेका छन् । केही दिनयता बेला–कुबेला झ्यापझ्याप बिजुली जाने समस्याले राजधानीकै उपभोक्ता दिक्क बनिरहेका छन् । मौसम बदलिएर गत हप्ता हल्का वर्षात् भएलगत्तै यस्तो समस्या सुरु भएको हो । उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बिजुली आउने र जाने भइरहेको छ ।
 
विद्युत प्राधिकरणले यस्तो समस्या पूर्णरुपमा प्राविधिक कारणले भएको बताउने गरेको छ । तर, २४ घन्टा उज्यालोमा बस्ने बानी परेका सर्वसाधारणलाई ५ मिनेटमात्र पनि बत्ती जाँदा सकस हुन्छ । विद्युत् प्राधिकरणले केही प्राविधिक समस्या बाहेक विद्युत् अवरुद्ध नहुने बताएकाले मानिसले विद्युतीय उपकरणको वैकल्पिक उपाय रोजेका छैनन् ।
 
अझ लोडसेडिङ अन्त्यभएको वर्षै भइसकेको र सरकारले पनि विद्युतीय चुलोलाई प्रर्वद्धन गर्ने नीतिले आजभोलि उपत्यकामा विद्युतीय चुलो र विद्युतीय सवारी साधनको उपभोग बढेको छ तर खाना बनाउने समयमा र सवारी साधन चार्ज गर्ने समयमा भइरहने विद्युत ट्रिपिङ्ग उपभोक्ताले हैरानी बेहोर्नु परेको छ । अझ विद्युतको आपूर्ति अनियमित हुँदा कतिपय कार्यालयका नियमित काम प्रभावित भएका छन् । अहिले धेरै कार्यालयमा विद्युतका अन्य वैकल्पिक उपकरणको प्रयोग नभएकाले काम प्रभावित भएको छ । 
 
नेपाल विद्युत प्राधिकरणले यस सम्बन्धमा आफूहरू जानकार रहेको पनि भोल्टेज पर्याप्त मात्रामा नपुग्दा यो समस्या आएको प्राधिकरणले जनाउदै आएको छ । विद्युतको खपत बढी हुने गरेको र सोही मात्रामा भोल्टेज नपुगेकाले बेलाबेला विद्युत अवरुद्ध हुने गरेको प्राधिकरणको बुझाई रहेको छ । प्राधिकरण र सरकारले नेपालमा उत्पादन भएको विद्युत स्वदेशमा नै खपतका योजना बनाउँदै गर्दा उपभोक्तालाई यस्तो समस्या भइरहदा खपत बढ्नुको साटो घट्ने हुन्छ किनकी विद्युत ट्रिपिङ्ग जस्ता समस्याले उपभोक्तामा नैराश्यता छाउने हुन्छ । त्यसैले पनि प्राधिकरणले यस्ता समस्या छिटो भन्दा समाधान गर्न नितान्त आवश्यक छ । 
 
अहिले नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन भए पनि प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले आपूर्तिमा समस्या हुनेगरेको छ । अहिले उपत्यकाका तीन जिल्लामा १० वटा मात्र  सबस्टेसन छन् । यो पर्याप्त मात्रमा छैन् । यद्यपि प्राधिकरणले शनिवार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गरेकाले अब भने विद्युत् अवरुद्ध हुने समस्या केही समाधान हुने आशा लिएकोछ यसले दीर्घकालिन रुपमा समस्या समाधान नहुने हुदाँ प्राधिकरणले आवश्यकता सबस्टेसनहरू थप्ने र विद्युत प्रणालीमा सुधार गर्नुपर्ने नितान्त आवश्यक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago