भर्खरै

भारतको विद्युत सम्बन्धी नयाँ नीति : नेपालको विद्युतलाई रियल टाइम मार्केट खुला

  • प्रकाशित मिति : सोम, साउन २२, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २२ साउन । भारतले सीमापार विद्युत् आयात÷निर्यात कार्यविधिमा पहिलो संशोधन गर्दै नेपालको विद्युतलाई भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि सुविधा उपलब्ध गराएको छ । 
 
 भारतले नेपाललाई एक दिनअघि बिडिङ गरी बिजुली बेच्न (डे अहेड) दिंदै आएकोमा अबदेखि आधा घण्टा अघि विडिङ गर्न पाउने (रियल टायम मार्केट) सुविधा दिएको हो । सीमापार विद्युत् आयात–निर्यात निर्देशका अन्तर्गत गत २६ फेब्रुअरी २०२१ मा लागू गरेको कार्यविधिमा पहिलोपटक संशोधन गरेको हो ।
 
यसले अनपेक्षित बर्सातका कारण विद्युत् उत्पादन तत्काल बढ्ने वा स्वदेशभित्र तत्काल अनपेक्षित माग घटेका बेला आधा घण्टाअघिकै पूर्वानुमान अनुसार विद्युत् निर्यात गर्ने वा आयात समेत गरेर विद्युत् प्रणालीलाई सहज बनाउन सकिने भएको छ । कार्यविधिमा भएको संशोधन अनुसार अब एक दिनमा ४८ वटा विड हाल्न पाइनेछ । योभन्दा अगाडि २४ घण्टा अघि नै काबुल गर्नुपर्नेमा अब हरेक आधा–आधा घण्टामा बिजुली किन्न वा बेच्न बिडिङ गर्न पाइने भएकाले वास्तविक खपत, माग र उत्पादन थाहा पाउन प्राधिकरणले जनाएको छ ।
 
 नेपाललाई रियल टाइम मार्केटमा प्रवेश सहज गरे पनि भारतले थप नयाँ निर्यातका लागि अनुमति भने अझै दिएको छैन । नेपाल विद्युत् प्राधिकरणले एक वर्षदेखि १० वटा जलविद्युत् आयोजनाका कुल ६७१.११ मेगावाटको बिजुली निर्यातका लागि प्रस्ताव पठाएको छ । मध्य वर्ष सुरु भइसक्दा पनि भारतले यी दस आयोजनाको बिजुली निर्यातका लागि अनुमति दिएको छैन । प्राधिकरणले २०७९ जेठ १९ देखि भारतको इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) मा विद्युत् निर्यात गर्न सुरु गरेको हो । बिजुली निर्यातका लागि पटके अनुमति दिंदै आएको भारतले हालसम्म ४५२ मेगावाट मात्रै छ । भारतले स्वच्छ हरित ऊर्जा खरिदका लागि समेत आनाकानी गरिरहेकाले नेपालले क्षमता अनुसार विद्युत् बिक्री गर्न सकिरहेको छैन ।
 
भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि यो सुविधा नेपालले मात्रै नभएर छिमेकी मुलुकहरु भुटान, म्यानमार र बंगलादेशले पनि अब भारतमा विद्युत खरिदबिक्री रियल टाइममा गर्न पाउनेछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago