भर्खरै

मेयर बालेनको कामले स्थानीय सरकारप्रति बढाएको आशा

  • प्रकाशित मिति : बुध, साउन २४, २०८०
  • - विद्युत संसार
title
काठमाडौं, २४ साउन । महानगरपालिका मध्य देशकै ठूलो काठमाडौं महानगरपालिका मेयर बालेन शाह यति बेला देशभित्र मात्र होइन, देशबाहिर समेत चर्चामा हुनुहुन्छ । नेपालको मात्र होईन उहाँ भारतीय राजनीति र चलचित्र उद्योगमा उनीबारे सोधीखोजी बढेको छ ।
जेठको अन्तिम हप्ता भारतीय संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सालाई जवाफ दिँदै बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर राष्ट्रियताप्रति आफ्नो धारणा सार्वजनिक गर्नुभयो । लगत्तै भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन’ भन्ने सन्देश मेटाउन तीन दिनको भाका दिएर त्यो नभए सबै भारतीय सिनेमा महानगरमा देखाउन नदिने चेतावनी पनि दिनुभयो । 
 
अझ महानगरपालिका भित्र भइरहेका विभिन्न कामले मेयर शाह चर्चामा हुनुहुन्छ । महानगर भित्र सार्वजनिक र निजी भवनहरूमा पार्किङको व्यवस्थामा कडाइ, नक्सा पास विना बनेका संरचनाहरूलाई नक्सापास गराउने देखि भत्काउने सम्म, फुटपाथ व्यापारलाई न्यूनिकरण गर्न तथा अव्यवस्थित खालाका जग्गा अधिकरण गरेको जग्गा फिर्ता लिन गरेका विभिन्न काम देखि विकास निर्माणका कामले समेत उच्चप्राथमिकता पाइरहँदा बालेनको काम चर्चा, प्रशंसा र विवादको शिखरमा हुनुहुन्छ । 
 
काठमाण्डौ महानगरपालिकाले सार्वजनिक गाडीलाई व्यवस्थित बनाउन नयाँ बसपार्कबाट यात्रु चढाउने र ओराल्न सुरु गरेको छ । महानगरपालिकाले विद्यालयरूलाई समेत नियमन गर्न थालेको छ । विभिन्न माग राख्दै हडताल गर्न लागेका विद्यालयका कर्मचारीहरूले बालेनको चेतावनीपछि हडताल फिर्ता गरेका छन् । महानगरपालिकाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३ सय ४२ वटा निजी विद्यालयको नाम सार्वजनिक गरेपछि अहिले विद्यालयहरूले धमाधम छात्रवृत्ति दिन र त्यसको विवरण महानगरपालिकामा पठाउन थालेका छन् । अथवा महानगरमा केही न केही असल काम भइरहेका छन् र यी काम प्रत्यक्षः मेयर बालेनको सक्रियतामा भइरहेका छन् । 
 
मेयर शाहले उपचारका लागि महानगरमा सञ्चालित अस्पतालले नियम अनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याइ अनिवार्य निःशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिइसकेका छन् । 
 
यी त बालेनको नेतृत्वमा पछिल्लो पटक भएका केही अभियान मात्र हुन् । मेयर बालेनले काठमाडौं महानगरलाई एउटा उचाईमा पुर्याउन ठूलो योगदान दिदै आउनुभएको छ । उहाँले काठमाडौंमा परिवर्तन मात्र होइन एउटा मेयर भएर स्थानीय तहमा के कति काम गर्न सकिन्छ भन्ने कुराको प्रमाणित गरिदिनुभएको छ । उहाँको काम अहिले देशभरका अन्य स्थानीय तहले पनि सिक्न जरुरी छ । उहाँको काम गर्ने शैलीले स्थानीय सरकारप्रति आशा जगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago