भर्खरै

सामाजिक सेवा अन्तर्गत संघद्धारा पंखा वितरण

  • प्रकाशित मिति : बुध, साउन २४, २०८०
  • - विद्युत संसार संवाददाता
title
चितवन, २४ साउन । विद्युतीय व्यवसायी संघ चितवन सामाजिक सेवा अन्तर्गत पंखा वितरण गरेको छ । संघले नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखा माडी नगरपालिका वार्ड नं. ०६ कल्याणपुर र श्री किर्तनपुर आधारभुत विद्यालय माडी नगरपालिका–०७, चितवनमा पंखा वितरण गरेको हो । 
 
विद्युतीय व्यवसायी संघ चितवनले श्री किर्तनपुर आधारभुत विद्यालय (१–५)  माडी नगरपालिका–०७, चितवनलाई ४ वटा पंखा र नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखालाई ५ वटा पंखा वितरण गरेको विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष नवराज सुवेदीले विद्युत संसारलाई बताउनुभयो । 
 
व्यवसायीहरुले विभिन्न सामाजिक सेवा अन्तर्गत वृद्धवृद्धाहरुलाई भोजन बितरण, जन्मदिन अवसरमा विद्यालयमा स्टेशनरी बितरण ,जाडो याममा विद्यालयका बालबच्चाहरुलाई न्यानो कपडा बितरण र गर्मी याममा पंखा वितरण गर्ने गरेको अध्यक्ष सुवेदीले हामीसंगको कुराकानीमा बताउनुभयो । 
 
पंखा वितरण कार्यक्रम संघका अध्यक्ष नवराज सुवेदी अध्यक्षतामा र नेपाल विधुतीय व्यवसायी महासंघका तृतीय उपाध्यक्ष श्री लेखनाथ सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
 
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष डोलराम न्यौपाने, तृतीय उपाध्यक्ष गोर्ख प्रसाद सापकोटा, माडी इकाई अध्यक्ष नगेन्द्र प्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति, राजकुमार गुप्ता एंव कल्याणपुर उपशाखाका सभापति राम कृष्ण अधिकारी, विद्यालयका प्र.अ.,शिक्षक र व्यवस्थापन समिती लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago