राष्ट्रपतिसँग सभामुख र अध्यक्षको भेट, संसद्को अवरोध हटाउनेबारे छलफल

  • प्रकाशित मिति : शुक्र, साउन २६, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गर्नु भएको छ ।  
  
 राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।
 
सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।

प्रतिक्रिया