भर्खरै

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध

  • प्रकाशित मिति : सोम, साउन २९, २०८०
  • - विद्युत संसार संवाददाता
title
गोरखा २९ साउन । गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपापहरोमा पहिराे खस्दा बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ ।
 
केही दिनदेखि लगातार परेको अविरल वर्षापछि आइतबार साँझपख पहिरो खस्दा बेनिघाट–आरुघाट सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो । 
 
सडक माथिबाट ठूला–ठूला ढु‌ङ्गासहितको पहिरोको कारण बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिनुभयो ।
 
सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै काठमाण्डौ ओहोर–दोहोर गर्ने र फुजेल, बेनिघाट हुँदै काठमाडौँ चितवन लगायतका सहरमा छुट्ने सवारी साधन चल्न सकेका छैनन् भने बोलेरो लगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएकोे छ ।
 
अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
 
“ठूलाठूला ढुङ्ग पनि पहिरोसँगै खसेको छ, पहिरो हटाउनका आवश्यक पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “लगातार वर्ष भइरहेकाले पहिरो हटाउनका लागि समस्या भइरहेको छ ।” 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago