भर्खरै

गण्डकी प्रदेशभित्रका लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत् महसुलमा अनुदान

  • प्रकाशित मिति : बुध, साउन ३१, २०८०
  • - विद्युत संसार
title
काठमाडौं, ३१ साउन । गण्डकी प्रदेशभित्रका दुई सय ४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका छन् । गत आर्थिक वर्षमा ती आयोजनालाई कूल रु एक करोड ८८ लाख २६ हजार अनुदान रकम प्रदान गरिएको प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा  खानेपानी मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले गतवर्ष बनाएको मापदण्ड अनुसार अनुदान उपलब्ध गराइएको खानेपानी शाखाका इञ्जिनियर टेकन पण्डितले जानकारी दिनुभयो । मासिक रु १५ हजारसम्मको विद्युत् खपत गर्ने आयोजनालाई शतप्रतिशत र रु १५ हजारदेखि ३० हजारसम्मको विद्युत् खपत गर्नेलाई ७५ प्रतिशत अनुदान दिइएको हो । साथै रु ३० हजारदेखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने आयोजनालाई ५० प्रतिशत र मासिक रु ६० हजारभन्दा बढीको विद्युत् खपत गर्ने आयोजनालाई कूल विद्युत् महसुलको २५ प्रतिशत अनुदान प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
 
“लिफ्टिङ खानेपानी आयोजनमा विद्युत् महसुल अनुदानका लागि मन्त्रालयले रु पाँच करोड बजेट छुट्ट्याएको थियो”, इञ्जिनीयर पण्डितले भन्नुभयो, “गत आवमा दुई सय ४० आयोजना मात्र अनुदानका लागि छनोटमा परे, यो वर्षदेखि लिफ्टिङ सिँचाइमा पनि अनुदान कार्यक्रम सुरु हुँदैछ ।”
 
कार्यविधि बमोजिम अनुदानग्राहीको रुपमा छनोट भई दर्ता भएका र अनुदान परिचयपत्र प्राप्त गरेका आयोजनालाई मासिकरुपमा अनुदान दिने गरिएको मन्त्रालयले जनाएको छ । यो वर्ष लििटङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा अनुदान दिन रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago