भर्खरै

सडक अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित

  • प्रकाशित मिति : बिही, साउन ३२, २०८०
  • - विद्युत संसार
title
म्याग्दी, ३२ साउन । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । 
 
धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र एक सवस्टेशन निर्माणाधीन छन् । निर्माण सामग्री र इन्धन आपूर्ति गर्न नपाउँदा जलविद्युत् आयोजना निर्माणको काम रोकिएको प्रवद्र्धकले जनाएका छन् । पच्चीस मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाका व्यवस्थापक गोपाल रेग्मीले पछिल्लो एक हप्तायता बेनी–दरवाङ सडक अवरुद्ध हुँदा आयोजनाको सुरुङ निर्माणको काम रोकिएको जानकारी दिनुभयो  ।
 
“बेनीदेखि विस्फोटक पदार्थ लैजाने बाटोमापर्ने फापरखेत र बाङ्गेपहिरोेमा दैनिकजसो पहिरो खसेर यातायातअवरुद्ध हुने गरेको छ,” उहाँले भन्नुभयो “सडकको असहजताले पोखराबाट बनाएको टनेलभित्र राख्ने डण्डी लैजान सकिएको छैन् ।” धौलागिरि कालिका हाइड्रो प्रवद्र्धक रहेको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाको मालिका गाउँपालिका–६ कमेरेमा दुई वटा अडिटबाट सुरुङ निर्माण भइरहेको छ । मुख्य अडिट बाहेक ९०० मिटर सुरुङ खनिसकेको आयोजनाको पछिल्लो एक हप्तायता निर्माण सामग्री अभाव, विस्फोटकपदार्थ ढुवानीको समस्याले निर्माण रोकिएको आयोजनाका व्यवस्थापक रेग्मीले बताउनुभयो । 
 
मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । विद्युत् विकास विभागका अनुसार धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा २३८ दशमलब २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको क्रममा छन् । 
 
नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ को डाडाँखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । ५३।५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, ३७ मेगावाटको अपर म्याग्दी र ५७।३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको पहुँचमार्गसम्म पुग्ने सडक अवरुद्ध भएको छ । 
 
सडकमा पर्ने खोलामा बाढी आएको र विभिन्न ठाउँमा पहिरो खसेकाले आयोजनाको पहुँचमार्ग, बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम रोकिएको छ । निर्माण कार्यमा भएको ढिलाइले लागत र निर्माण अवधि बढ्ने देखिएको छ । 
 
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले आवतजावत तथा ढुवानीको सहजताका लागि बेनी–दरवाङ सडक नियमित सञ्चालन गर्न डोजर र मजदुर परिचालन गरेको बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago