भर्खरै

बंगलादेशसँगको विद्युत् व्यापार छिट्टै सुरू हुन्छ : प्रधानमन्त्री

  • प्रकाशित मिति : शुक्र, भदौ १, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं, १ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विद्युत बंगलादेशसँग विद्युत व्यापार छिट्टै सुरु हुने बताउनु भएको छ ।
 
नेपाल विद्युत् प्राधिकरणको शुक्रबार भएको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गर्दै दाहालले यसै वर्षायाम भित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा केन्द्रित रहेको बताउनु भएको छ । कुल छ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको अन्तिम चरणमा छ । सो आयोजनालाई चालु आवमा नै निर्माण सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
 
यस्तै एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणमा लगानीका लागि विश्व बैंकलगायतका दातृ निकायले चासो व्यक्त गरेका छन् । प्राधिकरणले दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौँ र ६० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ ।
 
यस्तै अरुण चार जलविद्युत् आयोजना सतलज जलविद्युत् निगम लिमिटेडसँग संयुक्तरूपमा निर्माण गर्ने काम अघि बढाइएको छ । नेपाल र बङ्गलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भएअनुरुप निकट भविष्यमै छ सय ३८ मेगावाट क्षमताको  सुनकोसी तेस्रो जलविद्युत् आयोजना साझेदारीमा निर्माण गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । 
 

प्रतिक्रिया