भर्खरै

काठमाण्डौबाट जोमसोमको लागि छुटेको बस त्रिशूली नदीमा खस्यो, विस्तृत विवरण आउन बाँकी

  • प्रकाशित मिति : बुध, भदौ ६, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, ६ भदौ ।  काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी छहरा भन्ने ठाउँबाट त्रिशुलीमा खसेको छ ।
 
काठमाडौंबाट छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो । 
 
दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन ।
 
अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
 
तस्विर सामाजिक सञ्जालबाट

प्रतिक्रिया

सम्बन्धित समाचार