भर्खरै

विद्युतीकरणले खानीखोला गाउँका चौध हजार भन्दाबढी लाभान्वित

  • प्रकाशित मिति : बुध, भदौ ६, २०८०
  • - रासस
title
धुलिखेल, ६ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापरिस्थित विकट खानीखोला गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । विद्युत् प्रसारण लाइनले जोड्न बाँकी जिल्लाकै दूरदराजमा रहेको उक्त गाउँमा सोमबारदेखि विद्युत् जोडिएको हो । केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न पाइने भएपछि यसअघि लघुजलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायले पिलपिले उज्यालोमा बस्न बाध्य स्थानीयवासीको मुहारमा उज्यालो छाएको छ । दुर्गमको पीडासँगै दैनिक गुजारा चलाउन दुई तीन दिन पैदल हिँडेर जिल्ला सदरमुकाम धुलिखेलका साथै बनेपा वा पनौती बजारसम्म जानुपर्ने बाध्यता र अर्कोतिर विद्युतीकरणको अभावमा जीवन जिउन बाध्य यहाँका बासिन्दाका लागि केन्द्रीय विद्युत प्रसारण लाइन पुग्नु खुसीको कुरा भएको स्थानीयवासी मंगरसिं तामाङले बताउनुभयो । 
 
“बिजुली त्यही सहर बजारमा मात्रै भएको र गाउँमा कहिल्यै बिजुली आउँदैनजस्तो हामीलाई लागेको थियो,” उहाँले भन्नुभयो, “ताल्ढुङ्गामा बत्ती बालेको खबरले धेरै खुसी थपेको छ । विस्तारै गाउँतिर पनि तार तानिसकिकाले  अब केही दिनमा गाउँ नै उज्यालो भएको देख्न पाइने भएको छ ।”
 
अर्का स्थानीय बासिन्दा आइते लामाले गाउँकै विकास गर्छु भन्ने जनप्रतिनिधिले समस्याको चाङसँगै जुधेर विकट ठाउँलाई पनि उज्यालो गराउन सफल हुनु खुसीको कुरा भएको बताउनुभयो । वडानं५ का वडाध्यक्ष वुद्धीबहादुर स्याङ्तानले पहिलो चरणमा गाउँपालिकाको केन्द्रमा बिजुली बाल्ने योजनाअनुुरुप पालिका, वडा कार्यालय, प्रहरी चौकी र विद्यालयमा बत्ती बाल्न सफल भइएको र अब नागरिकका घर घरमा पनि बत्ती बाल्ने काममा लागिरहेको बताउनुभयो । उहाँका अनुसार अहिले मिटरबक्स खरिदका लागि वडावडामा फारम सङ्कलन भइरहेको र वडा कार्यालयले छिटो मिटर बक्स जडानका लागि  सूचना जारी गरिसकिएको छ । 
पालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले केन्द्रीय विद्युत्को लाइन सेपा पुगेपछि अब गाउँमै उद्योग खोल्ने तथा स्थानीयस्तरमा नै रोजगारीको वातावरण सिर्जना हुने भएको बताउनुभयो ।
 
 “अब बल्ल खानीखोलामा केन्द्रीय विद्युत् प्रसारण लाइन ल्याउन सफल भएका छौँ, यो सुरुवात हो ।” उहाँले भन्नुभयो, “यसै महिनादेखि वर्षदिन भित्र सबै वडाका प्रत्येक घरघरमा बत्ती पुग्ने गरी पालिकाले रफ्तारमा काम गरिरहेको छ । ” 
 
अध्यक्ष थिङले केही फारम भर्न छुटेका र बत्ती बल्न तयारी अवस्थामा रहेका वडाका घरमा मिटर बक्स जडानका लागि सूचनासमेत गरिएको बताउनुभयो। त्यसका लागि वडा कार्यालमया सम्पर्क गरेर छिटो भन्दो छिटो फारमभरी मिटर बक्स जडानको लागि प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
पालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले प्रसारण लाइनसँगै पालिकाले खानेपानी, सडक यातायातको सुविधा र उत्पादित वस्तुको बजारीकराणका साथै विकासका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिहेको उहाँको भनाइ थियो ।
 
नेपाल विद्युत प्राधिकारण काभ्रे वितरण केन्द्रका प्रमुख धु्रवराज कार्कीले लगनखेल वितरण केन्द्रअन्तर्गत रही हुचीटारबाट ११ केभिको प्रसारण लाइन विस्तार गरी खानीखोलामा बिजुली पु¥याइएको बताउनुभयो । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्चीकरण सेवा इकाइ प्रमुख खगेन्द्र खुलालका अनुसार विद्युत्को पहँुच सबै वडामा पुग्दा गाउँपालिकाका दुई हजार तीन सय ९८ घरधुरीका १४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago