भर्खरै

केन्द्रीय अध्यक्ष कर्माचार्यले १७६औं रक्तदान, संघद्धारा सम्मानित

  • प्रकाशित मिति : आइत, भदौ १०, २०८०
  • - भीमलाल श्रेष्ठ
title
 
काठमाडौं, १० भदौ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं  “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल इलेक्ट्रिसियन संघ  र इगल मेनपावर कन्सल्टेन्टको  संयुक्तरूपमा आयोजित नियमित रक्तदान तथा सम्मान कार्यक्रम एक समारोह बीच हिजो इगल मेनपावर कन्सलटेन्टको कार्यालय प्राङ्गणम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथी प्रेमसागर कर्माचार्यले हालसम्म  १७६औं पटक रक्तदानगरी संघ र कन्सल्टेन्टद्धारा सम्मानित गरिएको थियो ।
 
राष्ट्रिय धर्मसभा दिबसको अवसरमा  हिजो प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कुमार दाहाललाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियोे ।
नेपाल इलेक्ट्रिसियन संघका कार्यसमिति सदस्य  राधेश्याम शार्मा फुयाँल र इगल मेनपावर कन्सल्टेन्टको  संयोजकत्वमा  आयोजित नियमित रक्तदान सभापति नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दाहाल ,विशेष अतिथिहरू क्रमशः कृष्ण ढकाल,अध्यक्ष इगल मेनपावर कन्सलटेन्ट, अध्यक्ष दिबेशकुमार जैन,काठमाडौं बिद्युतीय ब्यवसायी संघ र सचिव अनिल भण्डारी, नेपाल स्वयंसेवी रक्तदाता समाज तरकेश्वर नगर समितिको समेत उपस्थिती  रहुनुभएको थियो  ।
 
कार्यक्रमका सभापति एवं नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दाहालको जन्मदिनको उपलक्ष्यमा आयोजित सो कार्यक्रमका सभापति एवं नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाशकुमार दाहालले रक्तदानजस्तो पूण्र्यकार्यलाई आगामी दिनमा बार्षिक क्यालेण्डर बनाए  अगाडी बढने समेत योजना रहेको बताउनुभयो । नियमित कार्यक्रममा प्रमुख अतिथि प्रेमसागर कर्माचार्यलाई सम्मान पत्रद्धारा सम्मान गर्नुभएको थियो । साथै उक्त कार्यक्रममा महिला तथापुरूष गरि जम्मा ४५ जनाले रक्तदान गर्नुभएको थियोे ।
 
वि.सं.२०६४ सालमा स्थापना भएको संघले ईलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउदैँ आएको छ । संघले ईलेक्ट्रिसियन पेसालाई मर्यदित बनाउन यस्ता सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । हाल संघमा एक हजार तीन सय भन्दा बढी ईलेक्ट्रिसियनहरुले आवद्धता रहेका छन् । 
 इगल मेनपावर कन्सल्टेन्टका अध्यक्ष कृष्ण ढकालले श्रमिकहरुलाई वैदेशिक रोजगारी दिलाउन मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर भएको बताउनु भयो ।
अध्यक्ष ढकालका अनुसार म्यानपावर कम्पनीहरुलाई नेपाल सरकारले श्रम स्वीकृत दिएको १११ राष्ट्ररुमा श्रमिकहरु पठाउदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्माण क्षेत्र संचालन भएका गल्फ र युरोपियन देशहरुमा विभिन्न क्षेत्रका प्राविधिकहरुको उच्च माग हुने गरेको बताउनुभयो । यस मेनपावरले छोटो समयमा ३ सय भन्दा बढिलाई वैदेशिक रोजगारमा पठाएको समेत बताउनुभयो ।
कार्यक्रमको संचालन  इगल मेनपावरका  गोविन्द साउदले  गर्नुभएको थियो ।
 
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago