भर्खरै

राजेश अग्रवालको नेतृत्वमा संघले पायो नयाँ कार्यसमिति

  • प्रकाशित मिति : बुध, भदौ १३, २०८०
  • - विद्युत संसार संवाददाता
title
मोरङ्ग, १३ भदौ । मोरङ्ग इलेक्ट्रिक संघले नयाँ कार्यसमिति पाएको छ । संघको शनिबार विराटनगरमा सम्पन्न १४ औं वार्षिक साधारण सभा एवं सातौ अधिवेशनबाट युवा व्यवसायी राजेश अग्रवालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति  निर्वाचित भएको छ । संघको अध्यक्ष पदमा  निर्वाचन भएको थियो भने अन्य १३ पदमा निर्विरोध निर्वाचित भएको अध्यक्ष अग्रवालले बताउनु भयो ।
 
अध्यक्ष पदका लागि पूर्व प्रथम उपाध्यक्षद्धय राजेश अग्रवाल र उकेश अग्रवालको उम्मेदवार बिच निर्वाचन भएको थियो । निर्वाचन जम्मा १०३ जना व्यवसायी संघका सदस्यहरुले मतदानमा भाग लिएका थिए ।  जसमा २ भोट बदर भई राजेश अग्रवालले ६९ प्राप्त गरि निर्वाचित हुनुभएको हो भने उहाँको प्रतिद्वन्द्वी उकेश अग्रवालले २९ मत प्राप्त गर्दै पराजित भएकोे संघले जनाएको छ ।
 
प्रथम उपाध्यक्ष कैलाश विश्वास, द्धितीय उपाध्यक्ष विनिता दाहाल, महासचिवमा ज्ञानराज निरौला, सचिव राजन घिमिरे, कोषाध्यक्ष विमल बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ  भने 
सदस्यहरूमा गौरव बंग, काशिन्द्र प्रसाद गुप्ता, मनिष मित्तल, दीपक कुमार जोशी, चन्दनकुमार रौनियार, अविन पोखरेल, बासुदेव घिमिरे, नवीन खनाल निर्विरोध निर्वाचित हुनुभएको हो ।
 
१४ औं वार्षिक साधारण सभा एवं सातौ अधिवेशन कार्यक्रममा प्रमुख अतिथी नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटा,अतिथीहरुमा नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष महेन्द्र कुमार राठी, नेपाल विद्युतीय व्यवसायी महासंघका बाग्मती प्रदेश संयोजक सरोज रेग्मी, नेपाल विद्युतीय व्यवसायी महासंघका कोशी प्रदेश संयोजक चन्द्र देवकोटा,उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव एवं मोरङ व्यापार संघका सदस्य गोपाल अग्रवाल, विराट व्यापार संघका प्रतिनिधी अशोक पोदार र विराट इलेक्ट्रिसियन संघका अध्यक्ष सुरेश पोदार लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago