भर्खरै

‘नेपाल इलेक्ट्रिक, पावर, लाईटस, इलेक्ट्रोनिक एण्ड इभी प्रदर्शनी’ मेलामा ३५ हजारले गरे अवलोकन

  • प्रकाशित मिति : मंगल, भदौ १९, २०८०
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौँ, १९ भदौ । भृकुटीमण्डप काठमाडौंमा आयोजना भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाईटस, इलेक्ट्रोनिक एण्ड इभी प्रदर्शनी’मेलामा अवलोकनकर्तहरुको उल्लेखनीय सहभागीता रहेको थियो । 
 
भदौ १५ गते शुक्रबार देखि १७ गते आइतबार सम्म संचालन गरिएको नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनीमा ३५ हजार भन्दा बढीले अवलोकन गरेको आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.ली का म्यानेजिङ्ग डाइरेक्टर स्रिजल भट्टराईले बताउनुभयो ।
 
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको र अवलोकनकर्ताहरुको त्यसतर्फ उत्साह रुपमा सहभागीता रहेको भट्टराईले जानकारी दिनुभयो ।
 
विद्युतीय सवारी ,विद्युतीय  सामग्री ,उच्च भोल्टेजक प्रसारण लाईनका लागि आवश्यक सामग्री र सुरक्षका साधनहरुको समेत जानकारी गराउने उद्देश्यका साथ सुरु भएको मेला शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्नुभएको थियो ।
 
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लैजान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्याधिक टेवा पु¥याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना गरिएको हो । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १ सय भन्दा बढि कम्पनीहरूको स्टल रहेका थिए । 
 
तीनदिने उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजनामा सम्पन्न गरिएको आयोजकको दाबीरहेको छ । 
 
विद्युतीय सवारीको प्रवर्द्धन, विद्युत् तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवं त्यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाई छ ।
 
प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको थियो । प्रदर्शनीको सहयोगी संस्थामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण ,दराज अनलाईन,बिमा कम्पनी इलेक्ट्रोनिक्स प्राविधिक लगायत  प्रर्दशनीमा सहभागी रहेका थिए ।
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago