भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघ द्वारा भक्तजनलाई पानी वितरण

  • प्रकाशित मिति : शुक्र, भदौ २२, २०८०
  • - विद्युत संसार संवाददाता
title

मोरङ्ग, २२ भदौ । मोरङ्ग इलेक्ट्रिक संघले सामाजिक कार्य अन्तर्गत  विहीबार खानेपानी वितरण गरेको छ ।  

संघले विहीबार विराटनगरको ऐतिहासिक श्री राधा कृष्ण रथयात्रा दर्शन गर्न आउने भक्तजनहरूलाई खानेपानी वितरण गरेको हो । 

विराटनगरमा निकालिएको रथयात्राको ५५ औ संस्करणमा संघले खानेपानीको बोतल वितरण गरेको हो । उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, सदस्यहरू लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक राजन घिमिरेले जानकारी दिनुभयो ।

 

संघका अध्यक्ष राजेश अग्रवालले संघले आफ्नो स्थापनका समय देखि नै सामाजिक कार्यमा अग्रसर हुँदै आएको र आगामी दिनमा यस्ता कार्यहरूमा अझै सक्रिय रुपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया