भर्खरै

पेशालाई मर्यादित बनाउन इलेक्ट्रिसियन भेला

  • प्रकाशित मिति : आइत, भदौ २४, २०८०
  • - विद्युत संसार संवाददाता
title
भक्तपुर, २३ आइतबार भदौ । कमलविनायक इलेक्ट्रिकल्स सप्लायर्सको आयोजनामा इलेक्ट्रिसियन भेला सम्पन्न भएको छ ।  
 
आर्थिक मन्दीमा पनि आफ्नो पेशालाई जोगाई राख्न र मर्यादित बनाउन शुक्रबार भक्तपुरमा सो भेलाको आयोजना गरिएको कम्पनीका प्रोपाईटर कृष्णराम गैडाले जानकारी दिनुभयो । 
 
कोभिड–१९ पछिको लकडाउन, नाकाबन्दी र हाल भइरहेको विश्वबजारमा आर्थिक मन्दीको कारण विकास निर्माण क्षेत्रमा परेको असरको बाबजुदपनि इलेक्ट्रिसियनलाई निरन्तरता दिन सहयोग पुर्याउन र अझ उच्चमनोबलका साथ आवश्यक निर्माण सम्बन्धी सीपमुलक तालिम प्रति आर्कषण बढाउन भेलाको आयोजना गरिएको हो ।
 
 
हरेक वर्ष इलेक्ट्रिसियन भेला आयोजना गर्दै आएको कम्पनीले इलेक्ट्रिकल काम गर्दा करेन्टलाई  पूर्ण सुरक्षाका उपायहरु अपनाएर सुरक्षित भएर काम गर्नका निमित्त फिटिङ्ग कपडा, सेफ्टी जुत्ता, चश्मा, पंजा , हेल्मेटहरुको बारेमा जानकारी दिदै गुणस्तरिय सामग्री प्रयोगको बारेमा समेत जानकारी गराइएको कम्पनीले जनाएको छ ।
 
 विद्युतीय क्षेत्रमा इलेक्ट्रिसियनहरु वैदेशिक रोजगारका कारण विस्तापित हुन नदिन साथै आर्थिक व्यवस्थापनको लागि कमलविनायक इलेक्ट्रिकल्स सप्लायर्सले स्पेशल क्यास ब्याक कार्ड समेत वितरण गरिएको प्रोपाईटर गैडाले विद्युत संसारलाई बताउनुभयो ।
 
नेपालमा समस्या ‘तपाईंको भाग्य बलियो होइन, तपाईंको मेहनत परिश्रम बलियो हो’ भन्ने मूलनाराका सहित आयोजना गरिएको इलेक्ट्रिसियन भेलामा ५० जना भन्दा बढी इलेक्ट्रिसियनहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम नजिकिँदै गरेको नेपालीहरूको महान चर्ड वडा दशै–तिहार पर्वको शुभकामना आदान प्रदान गर्दै समापन भएको आयोजकको जनाएको छ । भेलामा उपस्थित इलेक्ट्रिसियनहरुलाई कम्पनीको तर्फबाट मायाको चिनो, ब्याग, टिसर्ट, डायरी र इलेक्ट्रिसियनहरुको लागि स्पेशल क्यास ब्याक कार्ड समेत वितरण गरिएको थियो । 
 
 
त्यसैगरी निर्माण क्षेत्रमा मन्दी आएसँगै इलेक्ट्रिसियन वर्गहरूको हक हित, केहि राहत, हुने र इलेक्ट्रिसियन पेशाबाट विस्थापित हुन नदिने अवधारणका साथ आयोजना गरिएको सो भेलामा KES Light Showroom भक्तपुरबाट भेलामा उपस्थित सम्पूर्ण इलेक्ट्रिसियनहरुलाई VIP (Cash Back) Card उपलब्ध गराईएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago