भर्खरै

दुर्गम बस्ती मङ्गलेमा केन्द्रीय विद्युतीकरण, स्थानिय हर्षित

  • प्रकाशित मिति : मंगल, भदौ २६, २०८०
  • - विद्युत संसार
title
म्याग्दी, २६ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा विद्युतको पहुँच पुगेको छ । कुइनेमङ्गलेसहित वडा नं ७ चिमखोलाको गौडामुनी र नामेला बस्तीमा विद्युतको पहुँच बिस्तार भएको हो । 
 
एक्काइस घरधुरीको रहेको कुइनेमङ्गलेमा बिजुली बत्ती बलेपछि सर्वसाधारण हर्षित बनेको स्थानीयवासी नरप्रसाद छन्त्यालले बताउनुभयो । उहाँका अनुसार यसअघि चिमखोलाको बगरखोला लघुजलविद्युतबाट विद्युत् सुविधा पुगेको भए पनि मलाङको भीषण पहिरोले बिजुलीका पोल बगाएपछि गाउँ अन्धकार बनेको थियो । 
 
नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले रघुगङ्गा गाउँपालिका–५ मूलपानीबाट मङ्गलेतर्फ केन्द्रीय विद्युतकाे मुख्य लाइन विस्तार र ट्रान्सफर्मर जडान गरी घरघरमा मिटर बक्स जडान गरेपछि गाउँ उज्यालो बनेको छ । 
 
आर्थिक वर्ष २०७७/७८ बाट केन्द्रीय विद्युतीकरण विस्तार गर्ने योजना अघि बढेको र यसै साता यस क्षेत्रका ८७ घरमा मिटरबक्स जडान सकेर बिजुली बत्ती बाल्न सुरु भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाका प्राविधिक प्रमुख शिवराज पौडेलले जानकारी दिनुभयो । मुख्य लाइन र शाखा लाइनसँगै २५ केभिए र ५० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरेर यस क्षेत्रमा विद्युतीकरणको पहुँच विस्तार भएको उहाँले बताउनुभयो । 
 
सडकमार्ग हुँदै चिमखोला पुयाइएको ट्रान्सफर्मरलाई मलाङमा गएको पहिरोले सडक अवरुद्ध भएपछि यहाँ निर्माणधीन जलविद्युत् आयोजनाको सुरुङमार्गबाट गौडामुनी पुयाइएको थियो । गत वर्षसम्म म्याग्दीका ९३ प्रतिशत घरधुरीमा विद्युतीकरणको पहुँच पुगेको थियो । अहिलेसम्म जिल्लामा केन्द्रीय विद्युतीकरणको सुविधा लिएका ग्राहक सङ्ख्या कूल २२ हजार रहेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिनुभयो । 
 
म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न चालु आर्थिक वर्षका लागि रु २० करोड ५७ लाख ९२ हजार दुई सय ७८ नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको छ । बेनी वितरण शाखाले तयार गरेको लागत अनुमानका  आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय पोखराले चालु आवमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरेको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago