भर्खरै

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्धारा उत्पादनमा कटौती

  • प्रकाशित मिति : बिही, भदौ २८, २०८०
  • - विद्युत संसार
title
बागमती, २७ भदौ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशत मात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो ।
 
हेटौँडा वडा नं ८ मा रहेको सो औद्योगिक क्षेत्रमा एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा रहेको छन् । ती उद्योगमध्ये अधिकांश उद्योगको अवस्था कमजोर एवं नाजुक रहेको बताइएको छ ।
 
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उक्त औद्योगिक क्षेत्रमा तीन सिफ्टमा सञ्चालन हुने उद्योग अहिले एक सिफ्टमा सञ्चालन भइरहेका छन् । साथै कतिपय उद्योग कहिले चल्ने र कहिले बन्द हुने अवस्थामा छन् । त्यहाँ सञ्चालित उद्योगको उत्पादन र बिक्रीसमेत घट्दै गएको छ ।
 
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका प्रमुख भोजराज विराडीका अनुसार उद्योगको अवस्था विगत तीन वर्षदेखि दिन प्रतिदिन खस्किँदै गएको र लगानीअनुसार प्रतिफल प्राप्त नभई घाटा बढ्दै गएको छ । उद्योगको वर्तमान अवस्थाका सम्बन्धमा उद्योगीले दिएको जानकारी तथा गुनासोका आधार आफूले उत्पादनमा कटौटी गरेको जानकारी पाएको उहाँको भनाइ रहेको छ । विगत तीन वर्ष अगाडि  विश्वमै फैलिएको कोरोना महामारीका साथै विभिन्न कारणले भएकोे आर्थिक तथा व्यावसायिक मन्दीले उद्योग र व्यवसायको अवस्था उठ्न नसकेको उहाँको भनाइ  छ । 
 
सो औद्योगिक क्षेत्रमा एक सय ४७ वटा सरकारी र निजीसहित एक सय ४७ औद्योगिक प्रतिष्ठान रहेको र तीमध्ये एक सय १५ वटा उद्योग सञ्चालनमा रहेका छन् भने नौ वटा उद्योग बन्द भइसकेका छन् । त्यसैगरी २३ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेको र उद्योगमा कामदारको सङ्ख्या पाँच हजार रहेको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ । 
 
औद्योगिक क्षेत्रमा निजी क्षेत्रको तर्फबाट रु पाँच अर्व ५५ करोड र सरकारी क्षेत्रबाट रु ९० करोड लगानी रहेको छ । सो उद्योगबाट औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई मासिक रु तीन करोड भाडा उठ्ने गरेको छ तर उद्योगको अवस्था नाजुक रहेकाले भाडा दिनमा समेत समस्या रहेको उद्योगको गुनासो रहेको पाइएको छ ।
 
त्यहाँ सञ्चालनमा रहेका उद्योगबाट उत्पादित सामग्रीको  लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिकमन्दीको कारणले उद्योगको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घ हेटौँडाका अध्यक्ष कृष्णकुमार गुप्ताको भनाइ रहेको छ ।
 
अहिले बजारको अवस्था नाजुक छ, पसल र सटर खाली हुँदै गएको छ, उद्योगबाट उत्पादित सामान बिक्री हुँदैन र यो गम्भीर समस्या हो उहाँले भन्नुभयो । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र थप उद्योगमा लगानी गर्न बैंकले ऋणसमेत दिँदैन हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।
 
अहिले देशमा उद्योगी र व्यवसायी पलायन हुने अवस्था हुँदै गएको छ र व्यापार घाटाले  हरेक व्यक्ति  विदेश जाने चाहनामा रहेको पाइएको प्राध्यापक डा  योगेन्द्र यादवले बताउनुभयो । स्वदेशमा रोजगारीको वातावरण बनाउन उहाँको विचार रहको छ ।
 
सो औद्योगिक क्षेत्रमा निर्माण सामग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग  तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छ, इन्जिनियरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ  ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल  उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र  अन्य उद्योगतर्फ १० उद्योग रहेका छन् । त्यस्तै सो औद्योगिक क्षेत्रभित्र सरकारी र गैरसरकारी कार्यालय तथा सङ्घ–संस्थातर्फ ११  कार्यालय रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago