भर्खरै

महासंघको रुपन्तरण दिवसको अवसरमा काठमाडौं विद्युतीय व्यवसायी संघद्वारा १३४ युनिट रगत संकलन

  • प्रकाशित मिति : सोम, असोज १, २०८०
  • - विद्युत संसार संवाददाता
title
असोज काडमाडौं । काठमाडौं विद्युतीय व्यवसायी संघले महासंघको रुपन्तरण दिवसको अवसरमा  संघद्वारा १३४ युनिट रगत संकलन गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गत भाद्र ३० गते शनिबार महाराजगञ्ज काठमाडौंमा र भाद्र ३१ गते आइतबार भोटेवहाल, काठमाडौेंमा रक्तदान कार्यक्रम को आयोजना गरि  सम्पन्न  गरिएको छ । 
विद्युतीय व्यवसायीहरुको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको  २०६७ साल देखि रुपान्तरण दिवसको रुपमा मनाउदै आएको छ ।यस बर्ष महासंघमा आवद्ध अन्य जिल्लाहरुले समेत रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ।
 
 संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै शनिबार महाराजगञ्जमा र आइतबार भोटेबहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको संघका सचिव श्रीलाल श्रेष्ठले बताउनु भयो ।
 
संघको रक्तदान कार्यक्रमको पहिलो दिन महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाको प्रमुख अतिथ्यतामा रक्तदान गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो।
 
काठमाडौं विद्युतीय व्यवसायी संघ, गोंगबु एरिया समिति र चावहिल एरिया समितिको सहयोगमा शनिबार महाराजगञ्जमा गरिएको कार्यक्रममा जम्मा ४१ जनाले रक्तदान गर्नुभएको थियो ।
 
काठमाडौं विद्युतीय व्यवसायी संघ र बोधिसत्व परिवार क्लबको संयुक्त आयोजनामा आइतबार भोटेवहालमा भएको कार्यक्रममा ९३ जनाले रक्तदान गर्नुभएको थियो । दोस्रो दिन संघका अध्यक्ष दिवेश कुमार जैनले रक्तदान गरी कार्यक्रम  शुभारम्भ गर्नुभएको थियो ।
महासंघमा आवद्ध जिल्ला संघहरुमध्ये सदस्य संख्याको हिसाबले सबै भन्दा ठूलो जिल्लाको रुपमा काठमाण्डौ विद्युतीय व्यवसायी संघ लाई लिने गरेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago