भर्खरै

गण्डकी गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन

  • प्रकाशित मिति : आइत, असोज ७, २०८०
  • - विद्युत संसार संवाददाता
title
गोरखा । नेकपा एमालेको आगामी असोज १५ र १६ गते पोखरामा हुने गण्डकी प्रदेश अधिवेशनको लागि गोरखाको गण्डकी गाउँपालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ । हिजो शनिबार बसेको गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत ४ जना प्रतिनिधि चयन गरेको हो । प्रतिनिधिहरुमा महिलातर्फ रेणुका नहर्की, दलिततर्फ सुरेन्द्र बिक र खुल्लातर्फ विष्णुप्रसाद पन्त र गोपाल पाण्डे रहेका छन ।
 
नेकपा एमाले गण्डकी गाउँपालिकाको निर्वाचनका लागि २०८० असोज ०४ गतेको जिल्ला कमिटीको सर्कुलर अनुसार तीन सदस्यीय निर्वाचन मण्डलको कमिटी गठन गरिएको थियो ।  निर्वाचन कमिटी संयोजक सितलबाबु रेग्मी ,सदस्य लिला बहादुर पाण्डे र सदस्य विण्णुप्रसाद रेग्मीलाई अख्तियारी दिएको थियो । 
 
नेकपा एमाले गण्डकी गाउँपालिकाको २०८० सालमा नबिकरण पार्टी सदस्य संख्या २७९ रहेको थियो । जसमा दलित तर्फ ३१ सदस्यको नबिकरण भएको थियो । प्रदेश कमिटीले निर्धारण गरेको मापदण्ड अनुसार उत्पीडित(दलित)तर्फ १ जना,महिला १ जना र खुल्ला तर्फ २ जना को प्रतिनिधि चयन गर्न पाउने व्यवस्था बमोजिम गण्डकी गाउँपालिकाले चयन गरिएको हो ।
 
प्रदेश अधिवेशनको लागि पार्टी सदस्यहरु नविकरणको आधारमा उत्पीडित(दलित)तर्फ  ६० सदस्य बराबर १ जना र अन्य खुल्ला तर्फ १०० जना बराबर १ जना प्रतिनिधिको मापदण्ड कायम गरिए अनुसार र प्रतिनिधिको हकमा भने  ३ सदस्य प्रतिनिधि भएमा १ जना महिलाको अनिवार्य प्रतिनिधिको व्यवस्था गरिएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago