भर्खरै

आईपीओ निष्कासन गर्दै माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना

  • प्रकाशित मिति : मंगल, असोज ९, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ९ असोज । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजनाले सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।
 
कम्पनीले सर्वसाधारणलाई १८ असोज देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
 
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी एक अर्ब रुपैयाँको २५ प्रतिशतले हुने २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर अयोाजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेकोमा ९ हजार २०० कित्ता सेयर मात्रै बिक्री भएको थियो । यस्तै कम्पनीले सर्वसाधारणलाई छुट्याएको जारी पुँजीको १५ प्रतिशतले हुने १५ करोड बराबरको १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुने एक लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि निष्कासन गरी बाँडफाँट गरीसकेको छ ।
 
यस्तै कम्पनीले ७५ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १२ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । तर, स्थानीयलाई छुट्याएको सेयरमा ९ हजार २०० कित्ता बिक्री नभए पनि उक्त सेयरसमेत थप गरेर १८ असोजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको हो ।
 
कम्पनीको आईपीओमा छिटोमा २२ असोजसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
 
कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago