भर्खरै

उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने: मन्त्री बस्नेत

  • प्रकाशित मिति : बुध, असोज १०, २०८०
  • - विद्युत संसार
title
बाँके १० असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ । 
 
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताउनुभयो । 
 
“यहाँको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू हुँदैछ”, मन्त्री बस्नेतले भन्नुभयो, “आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुनेछ ।” आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
 
नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् । उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो । 
 
सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
 
अध्यक्ष धामीले पछिल्लो समय बाँकेमा उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युत्लगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेकाले स्थानीय उद्योगी व्यवसायी समस्यामा परेको उल्लेख गर्नुभयो । अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र समेत बुझाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago