भर्खरै

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

  • प्रकाशित मिति : मंगल, असोज १६, २०८०
  • - विद्युत संसार
title
काठमाडौं, १६ असोज । सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ ।
 
असोज १५ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।
 
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
 
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २३ कात्तिकमा १२ औं वार्षिक साधराणसभा बोलाएको हो ।
 
कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांशको लागि २४ असोजमा सेयरधनी दर्ता किताब बन्द )बुक क्लोज) गर्ने भएको छ । जसअनुसार २३ असोजसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।
 
कम्पनीले ५६ मेगावट क्षमताको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको सेयरमा अधिकतम एक अर्ब ५० करोडसम्म लगानी गर्ने जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago