भर्खरै

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट

  • प्रकाशित मिति : मंगल, असोज १६, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गर्नुभएको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो । 

प्रतिक्रिया