बाजुरालाई केन्द्र बनाएर ५.३ रेक्टर स्केलको भूकम्प, भौतिक संरचनामा ठूलो क्षति

  • प्रकाशित मिति : मंगल, असोज १६, २०८०
  • - विद्युत संसार संवाददाता
title

बाजुरा, १६ असोज । बाजुरालाई केन्द्र बनाएर  ५.३ रेक्टर स्केलको भूकम्प भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । 
 
आज (मंगलबार) दिउँसो २ बजेर ४२ मिनेटमा भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर  भूकम्प गएको हो । 
 
भूकम्पबाट भएको मानवीय क्षतिको विवरण आइसकेको छैन । यद्यपी कतिपय  वडा कार्यालय, विद्यालयका भवन लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको हो ।
 
भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

प्रतिक्रिया