भर्खरै

राप्ती नगरपालिकाद्धारा निर्मित दुई सय २६ नयाँ घर विपन्न परिवालाई हस्तान्तरण

  • प्रकाशित मिति : बुध, असोज १७, २०८०
  • - विद्युत संसार
title
चितवन, १७ असोज । जिल्लाको राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो ।
 
“निर्वाचनपछि गाउँ घुम्ने क्रममा जनताको अवस्था दयनीय देखेर पालिकाले घर बनाउने योजना सुरु गरेकोे थियो  । गाँस, बास र कपास राज्यको दायित्व सम्झेर विपन्नका लागि घर बनाउने कार्यक्रम सञ्चालन गरेको हुँ”, नगरप्रमुख शमशेर लामाले भन्नुभयो, “सोहीअनुसार आफूले गत आर्थिक वर्षमा एक सय घर बनाउने लक्ष्य लिए पनि प्रदेश सरकार र दातृ निकाय तथा विकास साझेदार संस्थाहरुको सहयोगबाट दुई सय २६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।” चालु आर्थिक वर्षमा समेत पालिकाले दुई सय घर बनाउने लक्ष्य लिएको जानकारी दिँदै उहाँले थप्नुभयो, “मेरो कार्यकालमा एक हजार विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।”
 
नगरपालिकामा रहेका दलित, अल्पसङ्ख्यक र विपन्न परिवाहरु अब घरविहीन भएर र झुपडीमा बस्नु पर्दैन।  ‘विपन्नलाई आवास’ कार्यक्रमअन्तर्गत् नगरपालिकाले प्रदेश सरकार र अन्य दातृ संस्थाबाट घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख लामाको भनाइ थियो । 
 
प्रदेश सरकार र दातृ संस्थाबाट घर प्राप्त गर्नेहरुले घर निर्माणका लागि रु तीन लाख प्राप्त गर्नेछन् । जसमा दुई कोठाको घर र शौचालय रहनेछ । पालिकाबाट बनाइएका घरहरुको हकमा भने एउटा घर निर्माणका लागि रु दुई लाख नगरपालिकाले सहयोग गर्ने र रु २५ हजारबराबरको घरधनीले श्रम गर्नुपर्ने हुन्छ ।  श्रमदानमार्फत शौचालय पनि बनाउन जागरुक गराइएको थियो । 
 
हस्तान्तरण गरिएका घरहरुमा प्रदेश सरकारबाट ४५ वटा निर्माण भएकामा पालिका र दातृ निकायबाट एक सय ८१ वटा घर निर्माण गरिएको थियो । घर पाउनेमा पालिकाका चेपाङ् समुदायका ५५ प्रतिशत र  बाँकी अन्य समुदाय थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago