भर्खरै

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्ने बाध्यता हट्यो

  • प्रकाशित मिति : बुध, असोज १७, २०८०
  • - रासस
title
ढोरपाटन (बागलुङ), १७ असोज । “फोन गर्नका लागि दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नु पथ्र्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ, हामीहरुलाई जुनी फरिए झै लागेको छ,” सात वर्षदेखि मोबाइल चलाउन थाल्नुभएका  निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्तीमगरले भन्नुभयो । 
 
यसअघि निसेलढोरमा बस्दा कहिल्यै पनि सहजरूपमा फोन गर्न नपाउनुभका उहाँलाई आफन्तसँग  फोन गर्नपरे दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपथ्र्यो । आइतबार दिउसो एक्कासि गोठमै बसेका बेलामा मोबाइलमा म्यासेज आयो । म्यासेज आएको केही बेरमा बेसीबाट आफन्तले फोन गरे । गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुर खुशीहुँदै बाहिर निस्केर आकाशतिर हेर्नुभयो ।
 
नेटवर्कले काम गरेपछि उहाँले  सम्झिनुभयो, गाउँमाथिको डाँडामा नेपाल टेलिकमको टावर बन्दै छ भन्ने । सूचना र प्रविधिले फड्को मारिसक्दा पनि निसेलढोरमा अहिलेसम्म फोन गर्नका लागि टावरसमेत बनेको थिएन । विद्युत््समेत नपुगेको यस ठाउँमा टेलिकमको टावरले काम गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको छ । अब फोन गर्नका लागि तीन घण्टा धाएर ढोरपाटन पुग्न नपर्ने घर्तीमगरले बताउनुभयो । विद्युत् र टावर विस्तार नहुँदा यहाँका सयौँ नागरिक वर्षौँदेखि सूचना र सञ्चारको पहुँचभन्दा टाढा रहनुपरेको उहाँको भनाइ थियो । 
 
घर्ती मगरले भन्नुभयो, “मोबाइल भएर के गर्ने निसेलढोरमा बिजुली आएको छैन, टावर बल्ल बनेको छ, बेसी झर्दा चार्ज गरेर ल्याउने, काम पर्दा फोन गर्ने र त्यसपछि मोवाइल अफ गरेर राख्नु पर्ला, अब त गोठभित्रैबाट फोन गर्न पाइने भयो, धेरै खुसी लागेको छ, संसार जिते जस्तो भयो । पहिलो दिन टावरले काम गर्दा मोबाइल खुल्ला नै रैछ, घण्टी बज्दै म्यासेज आउँदा दङ्ग परेँ, माथि डाँडामा टावर बन्दै छ भन्ने त सुनेको थिए तर मैले बिर्सिएको रैछु, पछि मोबाइल हेर्दा त टावरको चिन्न देखिएको रहेछ, अब यस ठाउँका मान्छेले पनि बसेकै ठाउँबाट फोन गर्न पाउने भए ।”
 
नेपाल टेलिकमले निसीखोला गाउँपालिका–५ को ऐसेलुधारामा टावर निर्माण गरेर सेवा सुरु गरेको छ । तीन हजार ७३० मिटरको उचाइमा निर्माण भएको टावर सोलारबाट सञ्चालन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले भौगोलिक विकटताका कारण सूचना र प्रविधिको विकास भइसक्दा पनि यहाँका जनता निकै समस्या भोग्नु परेकाले सञ्चारसँग जोड्न टावर निर्माण गरिएको बताउनुभयो । 
निसेलढोरमा एउटा विद्यालय, सामुदायिक स्वास्थ्य इकाई र नेपाली सेनाको क्याम्प छ । नेटवर्क नहुँदा सूचना आदानप्रदानमा निकै कठिनाई हुँदै आएकामा अब धेरै सहज भएको उहाँले जानकारी दिनुभयो। ऐसेलुधारामा टावर निर्माण गरेर सञ्चालनमा आउनुपूर्व निसेलढोरका बासिन्दा  करिब दुई घण्टाको यात्रा गरेर अग्लो डाँडामा पुगी फोन गर्ने गरेको उपाध्यक्ष घर्तीमगरले भनाइ थियो । सडक सञ्जालले जोडिए पनि यहाँ अहिलेसम्म विद्युत पुगेको छैन । 
 
यहाँ निमार्ण गरिएको टावरले निसीखोलाको निसेलढोरसँगै ढोरपाटन नगरपालिकाको काँग, मस, बिजा, पूर्वीरुकुमको भूमे गाउँपालिका, पुथा उत्तरगङ्गालगायत ठाउँमा राम्रोसँग काम गर्न थालेको नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले बताउनुभयो । हाल टुजी सेवा सञ्चालन गरिएको र यसले धेरै ठाउँमा ‘कभरेज’ गरेको छ अब यस टावरबाट फोरजी सेवासमेत सञ्चालन गरिने उहाँको भनाइ थियो ।
प्रमुख शर्माले भन्नुभयो, “टावर निर्माण गरेको ठाउँ निकै उच्च स्थानमा छ, अहिले सोलार सिस्टम प्रयोगमा ल्याएका छौँ, यसलाई थप व्यवस्थित गर्दै फोरजी सेवा सञ्चालनका लागी तयारी गरिरहेका छौँ, टावरले काम गर्न थालेपछि यस क्षेत्रका धेरै नागरिक उत्साहित भएको पायौँ, पहिले सूचना आदानप्रदान गर्न निकै गाह्रो परेको रहेछ अब सहज हुन्छ तर कहिलेकाहीँ मौसमका कारण अवरुद्ध हुने बाहेक अन्य बेला निरन्तर सेवा सञ्चालन हुनेछ ।”
 
निसेलढोरमा गत वर्षसम्म स्वास्थ्य संस्था थिएन । यसै वर्षदेखि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिन थालेको हो । यहाँका अधिकांश नागरिक हिउँदको समय निसी ९औल० र बर्खाको समय निसेलढोर बस्दै आएका थिए । सडकले नजोडिँदासम्म घुम्ती बसाइँ गर्ने स्थानीयवासी सडक पुगेपछि स्थायीरूपमा बस्न थालेका छन् । उनीहरुको निसीमा पनि घर छ । पशुपालन र कृषि मुख्य पेसा बनाएका त्यहाँका किसानले स्याउ, आलु, सिमीलगायत  उत्पादन गर्छन् । केही वर्षयता सडकले निसेलढोर जोडेपछि बजारीकरणमा केही सहज बनाएको छ ।
फोटो: अनलाईन मार्फत

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago