भर्खरै

अपर तामाकोशीको हकप्रदमा शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

  • प्रकाशित मिति : बिही, असोज १८, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, १८ असोज । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ । 
 
दोलखामा सञ्चालित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ताको प्रति शेयर रु एक सय अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ । 
 
कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि९नेपाल टेलिकम०, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले रु पाँच अर्ब ४० करोड ९ लाख चुक्ता गरेका हुन् । 
 
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणबाट रु पाँच अर्ब १९ करोड ९१ लाख चुक्ता हुनुपर्ने छ । कम्पनीका अनुसार हालसम्म सर्वसाधारण शेयरधनीबाट रु दुई अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताउनुभयो । 
 
गौतमले भन्नुभयो, “संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइसकेको छ, शेयर भर्ने स्थानमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।” हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ । 
 
रु १० अर्ब ५९ करोड चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुईरदुई प्रतिशत संस्थापक शेयर छ । शेयर स्वामित्वअनुसार प्राधिकरणले रु चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले रु ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले रु २१ करोड १८ लाख र रु २१ करोड १८ लाख हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् । 
 
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको दुई दशमलव ८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको आठ दशमलव ८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट रु पाँच अर्ब १९ करोड ९१ लाख चुक्ता हुनु पर्ने छ । 
 
यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले रु एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले रु एक अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले रु एक अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले रु ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले रु ३० करोड ४९ लाख ९२ हजार हकप्रद शेयरबापत चुक्ता गर्नुपर्ने छ । हकप्रद शेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी रु २१ अर्ब १८ करोड पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago