भर्खरै

प्रतिनिधिसभा बैठकमा विद्युत विधेयक पेश

  • प्रकाशित मिति : बिही, असोज १८, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १८ असोज । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ पेश भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उक्त विधेयक पेश गर्नुभएको हो ।
 
सो अवसरमा उहाँले विद्युत् उत्पादन, प्रसारण र नियमनको आवश्यकतालाई मध्यनजर गर्दै विद्युतमा आमजनताको पहुँच सुनिश्चित गर्न तथा आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विधेयक ल्याउनु परेको बताउनुभयो ।
 
प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया