भर्खरै

यातायात व्यवसायीसँगको समन्वयमा प्रहरीले स्थापना गर्यो चाडपर्व लक्षित यात्रु सहायता कक्ष

  • प्रकाशित मिति : मंगल, असोज २३, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, २२ असोज । प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा आज काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । 
 
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यातायातमा सहजीकरण थालेको हो । यात्रुको सहज आवतजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । 
 
काठमाडौँ उपत्यकाको सुन्धारा, नागढुङ्गा, कलङ्की, नयाँ बसपार्क, चावहिल, कोटेश्वर, बल्खु, भक्तपुरको जगातीलगायत मुख्य उक्त कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादर भन्दाबढी भाडा लिए÷नलिएको, लामो दुरीका सवारी साधनमा दुई चालक भए÷नभएको जाँच गर्ने, काउण्टरमा भाडादर टाँस्न लगाउने छ । 
 
यस्तै सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याइ बाटोमै अलपत्र पार्ने जस्ता कार्यको पनि निगरानी गरिने उहाँले बताउनुभयो । यससँगै नाकामा थप जनशक्ति परिचालन गरी विशेष जाँचको व्यवस्था मिलाई यात्रुलाई पर्नसक्ने विभिन्न समस्या समाधान गरिने पनि प्रवक्ता भट्टले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago