भर्खरै

कालीगण्डकी प्रसारण करिडोर: खुर्कोट–न्यु बुटवल खण्डको परीक्षण सफल

  • प्रकाशित मिति : बुध, असोज २४, २०८०
  • - विद्युत संसार
title
पर्वत, २४ असोज । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी करिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।
 
 विद्युत् प्रसारण र चार्जिङ सुरु भएसँगै अहिले लोड लिइरहेको आयोजनाले जनाएको छ । सो आयोजनाबाट निर्माण भएको खुर्कोट– न्यूबुटवल खण्डअन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोटस्थित खुर्कोट सवस्टेशनदेखि बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी जिल्लाको सुनवल नगरपालिकामा अवस्थित न्यूबुटबल सबस्टेशनसम्म करिब ९० किलोमिटर लामो दुई सय २० केभिको डबल सर्किट प्रसारण लाइनको परीक्षण सफल भएको आयोजनाका सुपरभाइजर देव शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार असोज ३० गते गरिएको पहिलो चरणको परीक्षण प्रसारणसमेत सफल भएको थियो । ‘खुर्कोट–न्यू बुटवल सबस्टेसनसम्म लाइन तानेर परीक्षणको काम पूरा भएपछि प्रसारण लाइनले ‘लोड’ लिएको छ । सुपरभाइजर पौडेलले भन्नुभयो “लाइनमा अहिले चार्ज मात्रै छ, करेन्ट प्रवाह भएको छैन ।” 
 
 
विद्युत् प्रसारण भने दुवै सर्किटमा भइरहेको भन्दै उहाँले तयार भएको कोरिडोरको लाइन क्षमता १२ सय मेगावाट भएकोले यो दीर्घकालीनरूपमा पनि निकै लामो आयु भएको आयोजना भएको बताउनुभयो । तत्कालका लागि १०० मेगावाट विद्युत् मात्रै यो लाइनमा पठाउने तयारी छ । यो लाइनको क्षमताका लागि भूमहीमा अहिले १०० एमबीए क्षमताको ‘ट्रान्सफर्मर’ राखिएको सुपरभाइजर पौडेलको भनाइ थियो । 
 
आयोजनाले एक–दुई महिनाभित्रै तीन सय १५ एमबीएको ‘ट्रान्सफर्मर’ राखेर धेरै विद्युत् प्रसारणको तयारी गरिरहेको छ । आयोजनाका सहायक इञ्जिनीयर युवराज पाण्डेका अनुसार करिडोरअन्तर्गत खुर्कोट–न्यू बुटबल खण्डको काम सकिएको र चार्जिङसमेत भइरहेको छ । अहिलेसम्मको सबै परीक्षण सफल भएका छन् । यस प्रसारण लाइनको क्षमता दुई हजार मेगावाट रहेको छ । चार्जिङ सम्पन्न भएपछि केही दिनमा अहिलेको लागि झण्डै १०० मेगावाट विद्युत् प्रवाह हुने सहायक इञ्जिनीयर पाण्डेले जानकारी दिनुभयो । 
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३स्थित दानाबाट पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९दशमलव छ किलोमिटरको पहिलो खण्ड निर्माण भई दुईवर्ष अघिदेखि नै सञ्चालनमा आइसकेको छ भने खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरिएको छ । 
करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित ९न्यू बुटवल सबस्टेसन०सम्मको झण्डै ९० किलोमिटर प्रसारण लाइन निर्माण सकिएसँगै आयोजनाको अधिकांश काम सकिएको छ । यस खण्डमा दुई  सय ३५ वटा टावर निर्माण गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago