भर्खरै

‘सहमतिको सरकार निर्माण गरिनेछ’: मुख्यमन्त्री कार्की

  • प्रकाशित मिति : बिही, कार्तिक २, २०८०
  • - विद्युत संसार
title
मोरङ, २ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले छिट्टै सहमतिको सरकार निर्माण गर्ने बताउनुभएको छ । प्रदेशसभामा हिजो बुधबार विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले तिहार अगाडि सरकारलाई पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो । 
 
मुख्यमन्त्री कार्कीले प्रदेशमा चुनौती र समस्या धेरै रहेकाले सबै राजनीतिक दलको सहकार्य र सहयोगले सरकार सञ्चालन गर्ने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा कोशी प्रदेशमा रहेको मन्त्रालयको सङ्ख्या वृद्धि नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 
 
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा रहेका दलहरूले आफूलाई विश्वास गरेर मत दिएकाले यसप्रति सरकार जिम्मेवार हुने बताउनुभयो । उहाँले जनतालाई सङ्घीयताको सही कार्यान्वयन गरी विश्वास जागृत गराउने कार्यमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago