भर्खरै

दसैँको बेलामा सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

  • प्रकाशित मिति : शुक्र, कार्तिक ३, २०८०
  • - विद्युत संसार
title
मनहरी (मकवानपुर), ३ कात्तिक ।  दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भन्नुभयो,“अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।”
 
डोको लिएर सोलार लिन पुग्नुभएका घिराङ निवासी सूर्यबहादुर प्रजा घरमा सोलार जोड्ने भएपछि आफू ज्यादै खुसी भएको बताउनुभयो । चाडपर्वको मुखमै घर उज्यालो हुने भएकाले आफूमात्र नभई परिवार सबैमा खुसी छाएको उहाँले बताउनुभयो ।
 
गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजित रु चार लाख रकमबाट सोलार खरिद गरेर बुधबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको हो । वडा नं ७ को घिराङ, तामराङ, आइवेनी क्षेत्रका २७ घरधुरीलाई एक–एक सोलार सेट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङको वडा नं ७ र ९मा अझै बिजुली बत्ती नपुगेको अध्यक्ष उहाँले जानकारी गराउनुभयो । चितवनको राप्ती नगरपालिकासँग जोडिएको घिराङ र लामराङ विकट क्षेत्र पर्दछ र सोहीअनुरुप पालिकाले सोलार वितरण गरिएको अध्यक्ष मल्लले सुनाउनुभयो ।
 
उपभोक्ताको दुई हजार र पालिकाको १४ हजार गरी १६ हजार मूल्य लागतमा सोलार सेट प्रदान गरिएको हो । पाँचवटा बत्ती, मोबाइल चार्जिङ र रेडियो बज्न सक्ने क्षमताको सोलार सेट प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । सोलार उपभोक्ताको घरमापालिकाले नै फिटिङ गरिदिएको हो ।
 
“सोही क्षेत्र विकट रहेकाले बिजुली विस्तार नभएको अवस्था छ, हामीले ठेक्का लगाइसकेका छौँ चैतभित्रमा बिजुली विस्तार हुनेछ”, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले भन्नुभयो । अन्य वडामा बिजुली विस्तार भएपनि वडा ७ र ९ मा अझै बिजुली पुग्न सकेको छैन । गाउँपालिकाको स्वास्थ्य र शिक्षामा सुधार रहोस् भनी सोलारको उज्यालोमा बालबालिका पढ्न सहज रहने उहाँले बताउनुभयो ।
 
वडामा सोलार जडानले गाउँनै झिलिमिली हुने वडाध्यक्ष रामबहादुर प्रजाले बताउनुभयो । “वडावासी मट्टितेलको टुकी बालेर जीवन बिताइरहेका थिए, सोलारले उनीहरूमा खुसी छाएको छ”, वडाध्यक्ष प्रजाले बताउनुभयो । टुकीमा पढ्दा स्वास्थ्यमा समस्या आउनुका साथै खर्चपनि वृद्धि हुने गर्दथ्यो अब भने सोलारबाट उज्यालोमा पढ्न र घरायसी काम गर्न सहजता रहने वडाध्यक्ष प्रजाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago