भर्खरै

निर्माण सामाग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प

  • प्रकाशित मिति : सोम, कार्तिक २०, २०८०
  • - विद्युत संसार
title
पर्वत, २० कात्तिक  । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । 
 
विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दशैं अघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इञ्जिनीयर तथा साइड इन्चार्ज अच्युतविलास पन्तले जानकारी दिनुभयो । 
 
सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामग्रीको अभावले ठप्प बनेको हो । सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौं यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 
 
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अतर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । 
 
तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशत मात्र काम भएको छ । कालीगण्डकी करिडोर आयोजना जोमसोमका इञ्जिनीयर तथा साईड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । 
 
उहाँले २०८० पुससम्म म्याद थप भएको जनाउँदै सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको बताउनुभयो । थप गरिएको अवधिसमेत अब दुई महिना मात्र बाँकी छ । गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने सडक भए पनि ठेक्का सम्झौताअनुसार निर्माण सामग्रीको प्रयोग गर्न नपाएपछि ढिलाइ भएको हो । 
 
ठेक्का सम्झौतामा नजिकै रहेको कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गरेर सडक निर्माणमा प्रयोग गर्ने उल्लेख भए पनि निर्माण कम्पनीलाई नदीजन्य वस्तु उत्खनन् गर्न नदिइएपछि समयमै काम सम्पन्न हुन नसकेको हो । 
 
सामग्रीकै अभावले निर्माण कम्पनीले एक वर्षदेखि काम गर्न सकेको छैन । गत माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भएको भए पनि फेरि दसैँ देखि ठप्प बनेको इञ्जिनीयर पन्तले बताउनुभयो । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक निर्माण सामग्रीको अभावमा रोकिएको हो । 
 
करिब १३ किलोमिटर लामो उक्त सडकमा अहिले यात्रा गर्न सकस हुने गरेको छ । सडकमा रहेका ठूलाठूला खाडल, हिलो र ढुङ्गा तथा पहिरोका कारण जोखिमपूर्ण बनेको छ । म्याग्दी सदरमुकाम बेनी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधन हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे हुने गरेका छन् । मालढुङ्गादेखि बेनीसम्मको १३ किलोमिटर पार गर्न घण्टौँ समय लाग्ने गरेको छ । 
 
निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि निर्माण कार्यले गति लिन नसकेको हो । सडकको निर्माण ढिलाइ हुँदा चौतर्फी दबाबका कारण असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि रोक्नुपरेका एपेक्स–खड्का–कृष्ण जेभिको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताउनुभयो । 
 
सडकको धेरै ठाउँमा सबबेस र बेस विच्छ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चापर्दाथ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको दाहालले बताउनुभयो । कालीगण्डकी धार्मिक नदी पनि हो । यहाँ शालिग्राम पाइने भएकाले क्रसर व्यवसायीले जथाभावी उत्खनन् हुँदा यसको संस्कृति र सभ्यता नै लोप हुन थालेको भनेर सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि अदालतको अन्तरिम आदेशपछि स्थानीय तहले समेत नदीबाट ढुङ्गा गिट्टी उत्खनन्का लागि ठेक्का लगाउन सकेका छैनन् । 
 
सर्वोच्च अदालतको २०७८ असार २९ गतेको आदेशअनुसार कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न रोक लागेको छ । कम्पनीले गएको माघ १७ मा सबै सरकारी निकायलाई विपक्षी बनाएर निर्माण सामग्री व्यवस्थापनका विषयमा सर्वोच्च अदालतमा रिट दायर गरे पनि सर्वोच्चले पुरानो मुद्दा कायम रहेकाले नयाँ आदेश नदिएपछि निर्माण कम्पनी काम छाडेर हिँड्न बाध्य भएको व्यवसायी दहालको दाबी छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago