भर्खरै

फलाटे र लालटेमा विद्युत पहुँच

  • प्रकाशित मिति : शुक्र, कार्तिक २४, २०८०
  • - विद्युत संसार
टक्सार (भोजपुर), २४ कात्तिक । हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन् ।  प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले फलाटे र लालटे क्षेत्रमा विजुली पुगेको जानकारी दिनुभयो । 
 
ती क्षेत्रका  एक सय घरधुरीमा विद्युतको पहुँच पुगेको छ भने ३५ घरधुरीमा विद्युत् मिटरसमेत जडान गरिइएको छ । फलाटेका भीम परियारले भन्नुभयो, “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौँ । ” 
 
भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले विद्युत् सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यअन्तर्गत ती दुई वडामा पनि विद्युतीकरण कार्य गरिएको हो ।”  घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुसियाली छाएको छ । 
 
स्थानीय रामबहादुर सुवेदीले वर्षौंदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पूरा भएको  बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा विद्युतीकरण हुनु पनि विकासको एउटा फड्को हो ।”
 
गाउँमा विद्युतीकरण भएपछि बाँकी रहेका अन्य घरमा पनि विद्युत् मिटर उपलब्ध गराइने प्राधिकरणले जनाएको छ ।  जिल्लामा करिब ८१ प्रतिशत विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्रमार्फत कार्य अघि बढ्ने प्राधिकरणका कर्मचारी दुर्गानन्द चौधरीले बताउनुभयो । जिल्लामा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २४ हजार घरसधुरीले बिद्युत सेवा उपयोग गरी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago