भर्खरै

तिहारमा ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात

  • प्रकाशित मिति : आइत, कार्तिक २६, २०८०
  • - विद्युत संसार
काठमाडौँ, २६ कात्तिक । यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो ।  
 
नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ । 
 
महासङ्घका अनुसार तिहारमा बालिने झिलिमिली बत्ती चीन, भारत, बहराइन, अस्ट्रेलिया, हङकङलगायत देशबाट आयात हुन्छ । कुल आयातको ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् । 
 
महासङ्घका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चीनबाट मात्रै ३९ करोड रुपियाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । यस्तै भारतबाट ६ करोड ६० लाख रुपियाँ बराबरको आयात भएको छ ।
 
महासङ्घका अनुसार गत वर्ष बैङ्किङ तरलता र डलर अभावका कारण झिलिमिली बत्तीको आयात र बजार निकै साँघुरिएको थियो । यसले गर्दा गत वर्ष पनि व्यापारीले चाहेजस्तो व्यापार गर्न सकेनन् । 
 
त्यसअघि निरन्तर तीन वर्षसम्म कोभिड महामारीका कारण बजार प्रभावित बनेको थियो । गत वर्ष करिब ४० करोड मूल्यबराबरको मात्रै आकर्षक झिलिमिली बत्ती आयात भएको महासङ्घको तथ्याङ्क छ । समाचार गोरखापत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago