भर्खरै

तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोड

  • प्रकाशित मिति : सोम, मंसिर ४, २०८०
  • - विद्युत संसार
title
दमौली (तनहुँ), ४ मङ्सिर । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । 
 
त्यसमध्ये स्थिर पुँजी रू ६५ करोड ९५ लाख ७९ हजार पाँच सय र चालु पुँजी रू ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी छ सय २८ जनाले रोजगारी पाएका छन् । त्यस्तै तीन सय ९२ महिला र दुई सय ७४ पुरुष गरी छ सय ६६ उद्यमी बनेका कार्यालयले जनाएको छ । 
 
उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा रू १४ करोड ९८ लाख, तीन सय १८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा रू ८३ करोड छ लाख ७९ हजार पाँच सय, एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा रू १२ करोड ६९ लाख ५० हजार, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा रू १३ करोड तीन लाख, तीन पूर्वाधार उद्योग दर्ता भएकामा रू एक करोड ५० लाख र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा रू ३० लाख पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
 
कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा छ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सात जनाले रोजगारी पाएका छन् । ती उद्योगको वार्षिक उत्पादन क्षमता रू एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । 
 
बाह्र लाख राजस्व सङ्कलन

कार्यालयले उद्योग दर्ताबापत रू १२ लाख २७ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । उत्पादनमूलकतर्फ रू एक लाख २१ हजार, कृषि तथा वन पैदावरमा आधारित उद्योगतर्फ रू सात लाख १६ हजार नौ सय, पर्यटनतर्फ रू एक लाख ७० हजार, सेवातर्फ रू एक लाख ८५ हजार, पूर्वाधारतर्फ रू १५ हजार र सूचना तथा सञ्चार प्रविधिमा आधारिततर्फ रू २० हजार राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिनुभयो । 
 
कृषि उद्योगमा आकर्षण

कार्यालयमा उक्त वर्ष उद्योग दर्ता घटे पनि कृषि तथा वन पैदावरमा आधारित उद्योगमा भने आकर्षण बढेको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असरका कारण उद्योग स्थापना गर्नेक्रम घटेको हुनसक्ने कार्यालय प्रमुख सुवेदीको भनाइ छ । 
 
आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका उहाँले बताउनुभयो । आव २०७९/८० मा जिल्लामा सबैभन्दा बढी कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् भने एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पुँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएका छन् । 
 
जिल्लामा दर्ता हुने उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ धेरै हुने गर्दछ । कृषि उद्योगतर्फ युवाको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।” उहाँका अनुसार कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारीखेतीतर्फ आकर्षण बढ्दो छ ।
 
गत आव २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएको थियो । त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय १०, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग रहेका कार्यालयले जनाएको छ । आव २०७७/७८ मा दुई हजार एक उद्योग दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago