भर्खरै

भिजन लुम्बिनीको सेयर बाँडफाँड

  • प्रकाशित मिति : मंगल, मंसिर ५, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, ५ मंसिर । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।
 
क्यापिटलका अनुसार सेयर खरिदका लागि ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९२७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६०२ जनाको आवेदन रद्द भएको थियो ।
 
क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट  गरेको छ ।
 
कम्पनीका सेयर खरिदका लागि आवेदन दिने ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ ।
 
कम्पनीले अहिले कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न गर्न ५ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago