भर्खरै

जिल्लामै सवैभन्दा बढी कर तिर्ने उद्योग अन्नपूर्ण केवल्स इन्डस्ट्रीज, राजश्व कार्यालय विराटनगरद्धारा सम्मान

  • प्रकाशित मिति : शुक्र, मंसिर ८, २०८०
  • - विद्युत संसार संवाददाता
title

विराटनगर, ८ मंसिर । अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.आर्थिक वर्ष २०७८/७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । 
 
आर्थिक वर्ष २०७८/७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योगको रुपमा १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लामै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई आन्तरिक राजश्व कार्यालय विराटनगरले सम्मान गरेको हो । 
 
आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख डा. डीबी क्षेत्रीले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये उद्योगतर्फ सवैभन्दा बढी अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.ले आयकर दाखिला गरेकोले सो सम्मान गरिएको जानकारी दिनुभयो ।
 
 
अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.ले राठी ब्राण्डको केवल उत्पादन गर्दै आएको छ । बजारमा सवैभन्दा बढी विश्वाशिलो र खपत हुने राठी केवल अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.ले नै उत्पादन गर्दै आएके तार तथा विद्युतीय सामाग्री हो ।
 
आर्थिक वर्ष २०७८/२०७९ मा सबै भन्दा बढी आयकर बुझाउने उद्योग बन्न सफल भएकोमा अन्नपूर्ण केवल्स इन्डस्ट्रीज प्रा.लि.ले सबै डिलर, सब–डिलर, इलेक्ट्रिसियन र ग्राहकवर्ग सबैलाई धन्यवाद दिईएको छ ।
 

प्रतिक्रिया