भर्खरै

गण्डकी गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

  • प्रकाशित मिति : सोम, मंसिर १८, २०८०
  • - विद्युत संसार संवाददाता
title
गोरखा, १८ मंसिर । गण्डकी गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर २१ देखि सुरु हुनेभएको छ । 
 
गाउँपालिकाको आयोजना र गाउँपालिकाको नमुना विध्यालय श्री ज्ञानमार्ग मा.वि घ्याल्चोक वडा नं. ७ को संयोजनमा मंसिर २१ देखि २३ गतेसम्म खेलकुद प्रतियोगिता हुने गाउँपालिकाको कार्यलयले जनाएको छ । 
 
प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न ११ माध्यमिक विध्यालयहरुको सहभागिता रहने छ भने प्रतियोगितामा विभिन्न १५ खेल विधामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विध्यार्थीहरुलाई जिल्ला तथा प्रदेशमा समेत प्रतिनिधित्व गर्दै खेल्ने अवसर प्राप्त हुने हुदाँ सम्पूर्ण विध्यार्थीहरुलाई सजग, अनुशासित रही उत्कृष्ट खेल प्रदर्शन गर्न गाउँपालिका कार्यलयले आग्रह गरेको छ ।
 
गाउँपालिका कार्यापालिकाले यस वर्ष रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सहित धेरै पदक ल्याउने एक छात्र तथा एक छात्रालाई जुनसुकै प्राविधिक तथा अप्राविधिक विषयमा उच्च शिक्षा अध्ययनमा प्रोत्साहनका लागि वार्षिक एक लाख रुपैयासम्मको छात्रवृत्तिको समेत घोषणा गरेको छ ।
 
प्रतियोगिताको तेस्रो संस्करण वडा नं ८ स्थित सुर्योदय मा.वि.ले जितेको थियो । अघिल्लो वर्ष वडा नं ५, दर्बुङमा आयोजना भएको खेलकुद प्रतियोगिता आयोजना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago