भर्खरै

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडानका लागि विशेष प्रयास गरिने

  • प्रकाशित मिति : सोम, मंसिर १८, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, १८ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । 
 
नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग हिजो मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो । 
 
उहाँले भन्नुभयो, “भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।” 
 
मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताउनुभयो । “हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरी हुँदैन । त्यसका लागि हामी तयार छौँ, तपाईंहरुजस्तो पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस् ।” 
 
उहाँले राज्यको ४३ अर्बभन्दा बढी लगानी भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५÷७० अर्ब लगानी गरेको निजी क्षेत्रका बारेमा सरकार चिन्तित रहेको समेत बताउनुभयो ।
 
मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तरराष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गर्नुभयो ।
 
नाट्टा लुम्बिनीका तर्फबाट नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारिले भन्नुभयो, “नेपाल वायुसेवा निगमको जहाज भैरहवा– दिल्ली, भैरहवा–काठमाडौँ सुरु गराउनूस् हामी सिट भरेर पठाउँछौँ ।” 
 
नाट्टा लुम्बिनीको प्रतिनिधिमण्डलले आज नै नेपाल वायुसेवा निगमका नायब महाप्रबन्धक  जनकराज  कालाखेतीलाई समेत  ज्ञापनपत्र बुझाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago